यी ६ अभिनेत्री, जो अहिलेसम्म छन् कुमारी



मुम्बई –बलिउड यो बर्ष विवाह बर्षको रुपमा समेत चिनिएको छ । फिल्म स्टारदेखि टिभी स्टारसम्म धेरैले यो बर्ष विवाह गरेका छन् । अहिले सबैको नजर ती अभिनेत्रीमा अड्किएको छ । जसले २०१९ मा विवाहको खबर सुनाउन सक्छन् । बलिउडका ती ६ कुमारी अभिनेत्रीको चर्चा अहिलेको बिषय हो ।

दिशा पटानी
‘एमएस धोनी : द अनटोल्ड स्टोरी’ र ‘बागी २’ जस्तो फिल्ममा काम गरेकी अभिनेत्री दिशा हट एण्ड ग्ल्यामर लुकको कारणले पनि चिनिने गर्दछिन् । उनी अहिलेसम्म कुमारीनै छन् । तर उनको नाम अभिनेता टाइगर श्रापसँग जोडिएर आउने गरेको छ ।

 कट्रीना कैफ 
अभिनेत्री कट्रीनाको नाम कयौं बलिउड स्टारसँग जोडिएर चर्चा भइसकेका छन् । उनको पनि यो बर्ष अहिलेसम्म विवाहको प्लानिङ छैन ।

आलिया भट्ट 
बलिउडकी चर्चित निर्माता महेश भट्टकी छोरी आलिया अभिनेता रणवीर कपुरसँगको रिलेशनसिपमा रहेकी छन् । अनुमान लगाउने गरिएको छ, यी दुबैले २०१९ भित्र विवाह गर्न सक्छन् ।

श्रद्धा कपुर
फिल्म तीन पत्तीबाट अभिनयमा डेब्यु गरेकी अभिनेत्री श्रद्धा कपुर अभिनेता शक्ति कपुरकी छोरी हुन् । उनको नाम ठुला स्टारसँग जोडिएर आउने गरेको छ । उनी पनि अहिलेसम्म कुमारी छिन् ।

परिणीति चोपडा 
अभिनेत्री प्रियंका चोपडाकी कजन बहिनी परिणीति पनि बलिउडमा चिनिएकी अभिनेत्री हुन् । विवाहको बारेमा उनले अहिलेसम्म केही बोलेकी छैनन् ।

ज्याकलीन फर्नाडिस 
हट एण्ड बोल्ड अवतारका कारणले चर्चित अभिनेत्री ज्याकलीन पनि कयांै फिल्म स्टारसँग जाेिडएर चर्चा भइसकेको छ । तर पनि विवाहसँग कुरो पुगेको छैन

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्