नागरिकको न्यायमा सहज पहुँच स्थापना गर्न स्थापित हेल्पडेस्क बन्द



 बिष्णकुुमार देवकोटा, दाङ । 

जिल्ला प्रहरी कार्यालय दाङ मा स्थापना गरिएको नागरीक सहायता कक्ष (हेल्पडेस्क) बन्द गरिएको छ । नागरीकको न्यायमा सहज पहुँच स्थापना गर्न स्थापित हेल्पडेस्क बन्द भएपछि जिल्ला प्रहरी कार्यालय मा सेवाका लागि जाने सेवाग्राहीहरु म्र्कामा परेका छन् ।

सर्वसाधारणहरुलाई न्यायमा सहज पहुँच स्थापना गर्नका लागि स्थापना गरिएको हेल्प डेस्क बन्दहुँदा जिल्ला प्रहरी कार्यालयको मूल गेटबाट सेवा ग्राहीहरु सेन्ट्रिबसेका प्रहरीको कडा प्रस्नबाट गुज्रिनु परिरहेको छ ।

नेपाल संघीयतामा गई राज्यको भौगोलिक पुनर्ःरंरचना भईसकेपछि कायम भएका ७७ वटा जिल्लाहरुमध्ये संभवतः नागरीकका लागि स्थापना गरिएको सहायता कक्षा बन्द गर्ने पहिलो जिल्ला प्रहरी कार्यालय हुनसक्ने  बताउनुभयो ।

तर जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपि बेल बहादुर पाण्डेले भने सुरक्षा चुनौतिका कारण हेल्प डेस्क बन्दगर्नुपरेको बताउनु भएको छ ।

मुस्कान सहितको प्रहरी सेवा , सहज प्रहरी सेवा लाई धोति लगाँउदै हेल्प डेस्क बन्द गरिंदा प्रहरी अफिसरहरुको खटन पटनमा रहेका थकित प्रहरीहरु सेवाग्राहिसंग झाेंक्किने, रिसाउने जस्ता समस्याहरु आउन सक्ने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्