सल्यानी विद्यार्थी मंचू दाङको नयाँ कार्यसमिति गठन हुने



हिरा सिंह राना,
घोराही ,२३ साउन।
सल्यान जिल्लाबाट आफ्नो उच्च शिक्षा अध्ययनको लागि दाङ जिल्लामा आएका विद्यार्थीहरुको साझा संस्था ूसल्यानी विद्यार्थी मंचू दाङको नयाँ कार्यसमिति गठन यहि श्रावण २८ गते हुने भएको छ। मंचको बर्तमान कार्यसमितिको आज घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। मंचले वि।स।२०६४ सालमा जिल्ला प्रशासन कार्यालय, दाङमा कानुनी रूपमा दर्ता भई समग्र सल्यानी विद्यार्थीहरुको हक, हित र अधिकारको प्राप्तिका साथसाथै समग्र विद्यार्थीहरुको शैक्षिक अनि सिर्जनात्मक क्रियाकलापहरुलाई निरन्तर रूपमा संचालन गर्दै आएको छ।

मंचले समग्र सल्यानी विद्यार्थीहरुको साहित्यीक तथा बौद्धिक रचनाहरुलाई समेटेर प्रत्येक बर्ष दशैतिहारको अवसरमा आफ्नो वार्षिक मुखपत्रू सल्यानी आवाजू पनि प्रकाशन गर्दै आएको छ।आगामी एक बर्ष कार्यकाल रहने नयाँ कार्यसमिति गठन कार्यक्रम यहि श्रावण २८ गते शनिबार दिउँसो १ बजे महेन्द्र बहुमुखी क्याम्पस ,घोराहीमा उपस्थित भईदिन सबै सल्यानी विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरुमा मंच उपाध्यक्ष हिरा सिंह रानाले आग्रह गर्नुभएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्