काठमाडौं: जिल्ला अदालत काठमाडौंका खरिदार विदुर पोख्रेल घुससहित पक्राउ परेका छन्।अख्तियारको टोलीले पोख्रेललाई सोमबार काठमाडौं महानगरपालिका १६ स्थित एसबी फास्ट फुड, सोह्रखुट्टेबाट १० हजार घुससहित पक्राउ गरेको हो।
डोर खटी बण्डा मुचुल्का बनाउनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पक्राउ गरेको सहचिव एवं प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।