उपेन्द्र यादवले अघि सारे नयाँ प्रस्ताव



सैघाली खबर,
पाँचथर, २३ साउन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको संख्या बढाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

प्रादेशिक संरचनामा अहिलेको ७ वटा प्रदेशले शान्ति र स्थिरता कायम गर्न नसक्ने भन्दै अध्यक्ष यादवले संख्या हेरफेर गर्नुपर्ने बताएका हुन् । प्रदेश नम्बर दुईको निर्वाचन नजिकिरहेका बेला उनले अब छुटेका विषयलाई संशोधनको माध्यमबाट सम्बोधन गर्नुपर्ने समेत बताए ।

राजपाले अब चुनावमा भाग लिने

यस्तै, अध्यक्ष यादवले राजपाले अब प्रदेश नम्बर २ मा हुने चुनावमा भाग लिने विश्वास गरे । पाँचथरको फिदिममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘जित्ने हार्ने भन्दा पनि चुनावमा भाग लिनु नै राजपाका लागि जित हो ।’ सरकारले २ नम्बर प्रदेशको चुनाव दोस्रो चरणमै गराउनुपर्ने तर सोही समयमा निर्वाचन नगरेर गलत गरको उनले आरोप लगाए ।

यस्तै, उनले नयाँ शक्ति पाटीसँग एकीकरण गर्ने प्रयास जारी नै रहेका निकट भविष्यमा दुई पार्टीबीच एकता हुने सम्भावना औँल्याए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्