पुष १७ गते मंगलवारको राशिफल



विक्रमसम्वत २०७५ साल पुष १७ गते मंगलवार नेपाल सम्बत ११३९ थिंल्लागा तदनुसार सन् २०१९ जनवरी १ तारिक कृष्णपक्ष एकादशी तिथि राती ३ वजेर ४८ मिनेटसम्म उप्रान्त द्वादशी,स्वाती नक्षत्र पूर्वान्ह ११ वजेर ५८ मिनेटसम्म उप्रान्त विशखा नक्षत्र,सुकर्मयोग,बवकरण, आनन्दादियोग ध्वज,सूर्य धनु राशीमा,चन्द्रमा तुला राशीमा । काल पश्चिम र पाश पूर्व दिशामा,योगिनी आग्नेय दिशामा र चन्द्रमा पश्चिम दिशामा एवं शुक्र पूर्व दिशामा रहनेछ । दक्षिणको यात्रा शुभ रहला । यात्रा,युद्ध,वहस र जुवा खेल्दा काल,पाश र योगिनी सम्मुख नपार्नु होला ।

मेषः– दैनिक गतिविधि सुचारु रुपमा अगाडि बढ्नेछन् । सक्रियता बढाउनु होला । काममा ढिला सुस्ति गरेमा उपलब्धि गुम्नेछ । तर आजको अधिकाँश समय भने अनुकुल नै देखिन्छ । वैदेशिक कार्यबाट लाभान्वित हुनुहुनेछ । जीवन साथिको सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन हुने नै छ । प्रेरणाका स्रोत भेटिने छन् ।

वृषः– संघर्ष बढि नै गर्नु पर्नेछ । गोपनियता भङ्ग गरेमा आफैलाई घाटा हुनेछ । भय त्रासको अन्त्य हुनेछ । प्रयास र प्रयत्न सफल हुनेछन् । विवादित विषयको टुङ्गो लाग्नेछ । काम गर्दा आफ्नो हात माथि पर्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । सहयोग गर्ने कमै भेटिने छन् । नयाँ कार्य योजनाका बारेमा छलफल हुनेछ ।

मिथुनः–अन्योलता हटेर जानेछ । गरेका काम सफल हुनेछन् । विशेष गरेर महिलाको सहयोग लिएर काम गर्नु बढि लाभदायक होला । सक्रिताले नै सफलताको शिखर चढाउनेछ । दैनिक काम काजबाट सामान्य लाभ हुनेछ । यात्रामा कठिनाई आउन सक्छ । आम्दानीलाई बचाउन गाह्रोे हुनेछ । कुरामा भन्दा काममा जोड दिनुहोला ।

कर्कटः–शारीरिक एवं मानसिक शिथिलता बढ्नेछ । काम गर्न मन लाग्ने छैन । घरयासी खर्च बढ्नेछ । सहयोग गर्ने भन्दा माग्ने बढि हुनेछन् । आफ्नो स्वार्थको लागि कसैले उचाल्ने काम गर्न सक्छन् बुझेर मात्र काम गर्नुहोला । भौतिक सुख,शान्तिमा कमी आउनेछ । आहार विहार नमिलाउदा स्वास्थ्य कमजोर बन्न सक्छ ।

सिंहः– अल्छि गर्दा अवसर गुम्नेछ भने सक्रियताले शिखर चुमाउनेछ । समयको ख्याल राखेर काम गर्नु भयो भने धेरै कामबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी राम्रै हुनेछ । आफन्तजनबाट सहयोग सहानुभूति मिल्नेछ । कला सहित्य न्याय तथा शैक्षिक प्रतिष्ठानबाट लाभान्वित हुनुहुनेछ । मान सम्मान मिल्न सक्छ ।

कन्याः– ग्रह,गोचर सामान्यतया मध्यम देखिन्छ । प्रयत्नपूर्वं गरेका काम सफल हुनेछन् भने अरुको भरमा मात्रै काम गर्नु भयो भने असफल हुने सम्भावना बढि देखिन्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । विना सोच विचार कुनै पनि विषयमा निर्णय लिनु गलत हुनेछ । इष्टमित्र साथी भाईको सल्लाह लिएर काम गर्नु होला ।

तुलाः– भोग विलासिता तिर मात्रै मन नदिई काम तिर पनि ध्यान दिनु होला । सामान्यतया आज गरेका काम सफल हुनेछन् । वास्तुकला तथा निमार्ण सम्बन्धि कामबाट बढि लाभ हुनेछ । वौैद्धिक व्यक्तित्व सँग नयाँ विषय बस्तुका बारेमा विचार विमर्श हुनेछ । आर्थिक कारोवारमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

वृश्चिकः– आफुले सोचे जस्तो हुने छैन । परिश्रम अनुसारको प्रतिफल कम मिल्नेछ । खुला रुपमा काम गर्न गाह्रो हुनेछ । गरेका कामबाट आफुलाई भन्दा अरुलाई बढि फाइदा पुग्न सक्छ । भौतिक चिन्तन बढि हुनेछ । व्यर्थको घुमाई फिराई भेटघाटमा समय बढि खर्च हुने देखिन्छ । उपकारी काममा धन खर्च हुनेछ । अस्थिरता बढ्नेछ ।

धनुः–समयको सदुपयोग गर्नु होला ढिला सुस्ति गर्दा उचित लाभ लिन सकिने छैन । एउटा कामको टुङ्गो नलगाई आर्को काममा हात नहाल्नु होला । लगनशिल भई गरेका अधिकाँश काम सफल हुनेछन् । स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । आफन्तका कारण खर्च गर्नु पर्ने बाध्यात्मक स्थितिको सृजना हुनसक्छ ।

मकरः–स्थिर भएर काम गर्नु होला । तपाईका सोच र विचार सर्वमान्य हुनेछन् । कामले प्राथमिकता पाउनेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ प्रयत्न गरेमा प्राप्त हुनसक्ने कुरालाई नकार्न सकिन्न । समाजमा इज्जत प्रतिष्ठा बढ्नेछ । व्यवसायमा नयाँ सम्भावना देखिने छन् । स्वतन्त्र व्यापारबाट आम्दानी बढ्नेछ ।

कुम्भः–समयमा विस्तारै सुधार आउनेछ । लगनशिलता बढाउनु होला । अरुका कामलाई कम प्राथमिकता दिनुहोला नत्र आफ्ना काम अधुरा रहनेछन् । यात्राको सम्भावना लाई नकार्न सकिन्न । धार्मिक काममा सक्रियता बढ्नेछ । आस्था र विश्वास बढ्नेछ । कला सहित्यतिर मन जानेछ । विरोधी कमजोर बन्नेछन् । समस्या घट्दै जानेछन् ।

मिनः– सोचे जस्तो समयले साथ नदिन सक्छ । नयाँ कामको पनि शुरुवत नगर्नु होला विग्रिने सम्भावना बढि देखिन्छ । अनावस्यक चिन्ताले सताउन सक्छ । उपलब्धि विहिन खर्च बढ्नेछ । आशा र भरोसा निराशामा परिणत हुने देखिन्छ । आर्थिक कारोवारले टाउको दुखाउनेछ । अरुको भर परेर काम गर्नु भयो भने दुःख पाउनु हुनेछ । उपलब्धि गुम्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्