डाक्टर हटाएर सेवा बन्द



दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दन्त रोग सेवा बन्द गरेको छ । अस्पतालले पुस १६ गते देखि औपचारिक रुपमा सेवा बन्द गरेको जनाएको छ । अस्पताल प्रशासनले सूचना जारीगर्दै सेवा बन्द गरेको सर्वसाधारणलाई जानकारी गराएको हो । प्रतिष्ठान प्रमुखको हस्ताक्षर बिना नै सुचना टासगरी सेवा बन्द गरेकोमा सर्वसाधारणले दुःख व्यक्त गरेका छन् । प्रतिष्ठानले स्थापना पछि सर्वसाधारणले सहज रुपमा सेवा पाउँनुको साटो भएका सेवा समेत बन्द गर्दा सर्वसाधारणले उपचार नपाउँने अबस्था आएको घोराही – १४ का टिका खत्रीले बताउँनुभयो ।

साविक राप्ती उपक्षेत्रिय अस्पताल सबै भाताभुङ् बनाए हामी कहाँ गएर उपचार गर्नु खत्रीले भन्नुभयो । अस्पतालको सबै सेवा विग्रीएको बताउँदै त्यसबारेमा प्रतिष्ठानलाई नै जानकारी नभएको उहाँको भनाई छ । हुदछदाको अस्पताल छाडेर निजी क्लिनिकमा जानु पर्ने बाध्यता विरामी संग रहेको वताउँनुभयो ।प्रतिष्ठानमा दन्तरोगका डाक्टर नहुदा सेवाबन्द भएको कार्यरत कर्मचारीहरु बताउँछन । अस्पतालमा कार्यरत डाक्टर हटाएर प्रशासनले दन्तरोग सेवा बन्द गरेको ति कर्मचारीले बताएका छन् । यता अस्पताल प्रशासनले पुस २० गते सम्म सेवाबन्द गरेको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्