भारतको पुणेका दिनेश कुकरेजा सिम स्वाप फ्रडका शिकार बने ।
यसभन्दा पहिला एक फ्रडमा दिल्लीका एक व्यक्तिले १३ लाख भारु गुमाएका थिए । सिम स्वाप फ्रडबाट ह्याकर्स बैंक खातासँग जोडिएको सिम एक्सेस गरेर रुपैयाँ चोर्छन ।
एक प्रतिवेदनका अनुसार पुणेका दिनेश कुकरेजलाई एक फोन आयो । र भनियो यो फोन एयरटेलबाट गरिएको हो । कलरले सिमको जानकारी माग्यो र जानकारी नदिए सिम बन्द डिएक्टिभ हुने बतायो ।
कुकरेजाले सिम कार्डको डीटेल्स शेयर गरिदिए जुन बैंक अकाउण्टसँग जोडिएको थियो ।
युपछि कलरले कुकरेजालाई त्यो म्यासेज फरवार्ड गर्न भने जुन उनको मोबाइलमा आएको थियो । यसै आधारमा कलरले सोही नम्बरको नयाँ सिम लिए र उनीहरुले कुकरेजाको बैंक अकाउण्टको डीटेल्स पनि थाहा पाए । यसका लागि उनीहरुले कैयौं किसिमका टुल्स र ट्रिक्स प्रयोग गरे होलान् ।
केही समयपछि कुकरेजालाई थाहा भयो उनको बैंक अकाउण्टबाट ९५.५ लाख रुपैयाँ ट्रान्सफर गरिएको छ ।
यसपछि उनले प्रहरीमा उुजरी दिए ।
यसैबीच यो घटनाको अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक विष्णु ताम्हनेले आफ्नो व्यक्तिगत जानकारी वा ओटीपी पासवर्ड कसैसँग पनि शेयर नगर्न सुझाव दिएका थिए ।
खास गरेर अपरिचत कलरर्सलाई कुनै पनि हालतमा यस्ता जानकारी दिन नहुने उनको भनाई छ । कुनै पनि बैंक वा टेलिकम कम्पनी आफ्ना ग्रहाकसँग व्यक्तिगत जानकारी माग्दैनन् । एजेन्सी ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।