दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घो राहीले आजदेखि भारी शुल्क बृद्धि गर्ने भएको छ । प्रतिष्ठानले तीन महिनाको प्रगति विवरण सार्वजनिक गर्दै शुल्क वृद्धिका विषयमा जानकारी गराएको छ । जसअनुसार अहिले २५ रुपै या रहे को ओ पिडीको शुल्क एक सय र ३० रुपै या रहे को इमर्जे न्सीको शुल्क दुई सय पु¥याइएको छ । प्रतिष्ठानको शुल्क बृद्धिले सबै भन्दा बढी सुत्के री प्रभावित हुने छन । अहिले सुत्के री हुँदा निःशुल्क पाईने सेवा तथा सुत्के रीले जिल्ला अनुसार यातायात तथा गर्भ जाँचअनुसार भत्तासमे त पाउने गरे को मा अब सामान्य सुत्के री हुँदा पनि तीन हजारदेखि १२ हजारसम्म शुल्क तिर्नुपर्ने भएको छ ।
त्यस्तै अन्य शुल्कमा पनि ब्यापक बृद्धि भएको छ । जसअनुसार भर्ना विरामीको बे ड शुल्क नलाग्ने गरे को मा अब प्रतिदिन दुई सय २०, भिडियो एक्सरे पाँच सयबाट छ सय, मुख्य शल्यक्रिया पाँच हजारबाट १२ हजार, मध्यखालको शल्यक्रिया एक हजार पाँच सयबाट छ हजार पाँच सय, माइनर शल्यक्रिया एक हजारबाट दुई हजार पाँच सय पु¥याइएको छ । त्यस्तै ल्याप सर्जरीको १५ हजार, जनरल एने स्थेसियाको तीन हजार पाच सय र स्पाइनल एने स्थे सियाको दुई हजार पाच सय शुल्क तो किएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानमा ने पाल सरकारले कुनै पनि बजे ट नदिने र आफै कमाएर खर्च गर्ने संस्था भएकाले शुल्क बढाउनुपरे को प्रतिष्ठानका उपकूलपति डा संगीता भण्डारीले बताएकि छन् । यसअघि सुत्के री महिलाले पाउने आमा सुरक्षा कार्यक्रमको बजे ट पनि प्रदे श सरकारले राखे को र प्रतिष्ठानमा दिन नमिल्ने बताएकाले सुत्के री से वा निःशुल्क दिन नसकिएको उनले वताईन ।
यसअघि सामान्य सुत्के री गराउदा एक हजार पाँच सय, जटिल प्रसुतिको तीन हजार र शल्यक्रियाको सात हजार तथा गर्भजाँचको आठ सय र भाडा खर्च एक हजार प्रतिव्यक्ति दिने गरी सरकारले उपलब्ध गराउने गरे को मा प्रतिष्ठान बने पछि यो बजे ट रोकिएकाले आफुहरुले निःशुल्क से वा दिन नसके को उनको दाबी छ । यद्यपि प्रतिष्ठानले ज्येष्ठ नागरिक, विपन्न वर्ग र अति गरिबका लागि छुट र निःशुल्क ब्यवस् था गरिएको प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले जानकारी दिएका छन् ।
तथ्यांक मै छेडखानि !
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आयोजना गरेको पत्रकार सम्मेलनमा गतवर्ष राप्ती उपक्षेत्रीय अस्पतालले आठ वटामात्रै मेजर अप्रेसन गरेको भनेर रिपोर्ट बाँडियो । पत्रकारको प्रश्नमा त्यसलाई सच्चायर ‘प्रिन्ट मिष्टेक भएछ ८० वटा हो’ भनियो । जवकि अस्पतालको तथ्यांकमा गत वर्ष मेजर अप्रेसन १३४१ वटा भएका छन भने जम्मा अप्रेसन ४ हजार ८२ वटा भएका छन । आफुलाई राम्रो देखाउने नाममा जिम्मेवार तहमा वसेको व्यक्तिले आधिकारिक तथ्यांकमा छेडखानि गर्नु कत्तिको जायज हो ?
दन्त सेवा बन्द
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दन्त रोग सेवा बन्द गरेको छ । अस्पतालले पुस १६ गते देखि औपचारिक रुपमा सेवा बन्द गरेको जनाएको छ । अस्पताल प्रशासनले सूचना जारीगर्दै सेवा बन्द गरेको जानकारी गराएको छ ।
प्रतिष्ठान प्रमुखको हस्ताक्षर बिना नै सुचना टासगरी सेवा बन्द गरेकोमा सर्वसाधारणले दुःख व्यक्त गरेका छन । प्रतिष्ठानले स्थापना पछि सर्वसाधारणले सहज रुपमा सेवा पाउँनुको साटो एक पछि अर्को सेवा समेत बन्द गर्दा सर्वसाधारणले उपचार नपाउने अबस्था आएको कतिपयको बुझाई छ ।प्रतिष्ठानले यस अघि भैरहेको पोषण पुनस्थापना गृह पनि बन्द गरेको छ । प्रतिष्ठानले दन्त सेवा २० गते देखस् सुचारु हुने र पोषण गृह अस्पतालमा सारिएको दावी गरेको छ ।
प्रतिष्ठान सरोकार समितिको विरोध
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज मंगलवारदेखि कार्यान्वयनमा ल्याउन थालेको शुल्क वृद्धिको विभिन्न क्षेत्रवाटविरोध शुरु भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समतिले विज्ञप्ती निकालेर शुल्क वृद्धिको विरोध गर्दै तत्काल निर्णय फिर्तालिन माग गरेको छ । ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले तत्कालको सेवा सुविधाकै अवस्थामा शुल्क वृद्धि र तत्कालिन राप्ती उपक्षेत्रिय अस्पतालले दिदै आएको सेवा सुविधामा गरेको कटौतीको कुराले सरोकार समितिको ध्यानाकर्षण भएको छ’ विज्ञप्तीमा भनिएको छ । अहिले कै सेवा सुविधाको अवस्थामा शुल्क वृद्धि र पाई आएको सेवा सुविधा कायम गराउन जोडदार माग पनि विज्ञप्तीमा गरिएको छ ।
सेवा सुधारको प्रक्रियामा छौ प्रतिष्ठान
प्रतिष्ठानले अस्पतालको जिम्मा लिएको तीन महिनामा से वा सुधारको धे रै प्रयास गरिएको जनाएको छ । अस्पताल निर्देशक प्रा.डा. ऋतु शर्मा बरालले केही नयाँ से वा थप भइसके का र थप हुने क्रम जारी रहे को बताउनुभयो । ल्याब परीक्षणमा ठूलो परिवर्तनको तयारी भइरहे को जनाउदै उहाँले पश्चिम ने पालमै नरहे को हिस्टोप्याथोलो जी, एफएनएसी, साइटोप्याथालोजी, ट्यूमर मार्करको से वा पनि के ही दिनमै शुरु गरिने प्रतिष्ठानले जनाएको छ । हाल ल्याबमा छ हजारसम्म स्याम्पल कलेक्सन हुने गरेकोमा अब पूर्ण अटो मे टिक यन्त्र जडान गरे पछि १५ हजारसम्म स्याम्पल परीक्षण गरिने डा. बरालले जानकारी दिनुभयो ।
सरकारको नीति अनुसार आफ्नै फामेर् सी सञ्चालन गरिने , सफ्टवे यरमार्फत मे डिकल रेकर्ड सुरक्षित राखिने , डायलासिस से वा तीन सिफ्टमा चलाउने , दुईवटा फोटोथेरापी ब्यवस् थासहित नवजात शिशुका लागि ६ बेडको ब्यवस् था गरिएको , भर्खरै जन्मे कादे खि एक महिनासम्मका शिशुको उपचार विशे षज्ञ चिकित्सक तथा तालिमप्राप्त नर्सको निगरानीमा गरिने , आमाका लागि ‘कंगारु मदर के यर’ प्रदान गर्न व्यवस्था मिलाइएको र नयाँ भवनसगै चारवटा शल्यक्रिया कक्ष र सर्जरी थप गरिने डा. बरालले जानकारी दिनुभयो ।
आजदेखि ओ पिडी काउन्टरको समय बिहान ८ दे खि १२ बजे सम्म हुने छ । शुक्रवार ८ दे खि ११ बजे सम्म टिकट काटिने प्रतिष्ठानले जनाएको छ । बिहान ९ दे खि दिउसो ३ बजे र शुक्रवार १ बजे सम्म बिरामी जाच गरिने जानकारी दिंदै अस् पतालका निर्दे शक डा। बरालले अर्थोपे टिक शल्यक्रियालाई बढाउदै लगे काले अब विस् तारै दुर्घटनाका घाइते हरु रिफर कम हुँदै जाने बताउनुभयो । दिउँसो तीन बजे पछि बिरामीले शुल्क तिरे र ‘विस्तारित सशुल्क से वा’ लिनसक्ने जनाउदै प्रतिष्ठानले त्यसका लागि १२–५ टिकट समय र ३–६ जाच समय तो किएको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।