राजपा संयोजक महन्थ ठाकुरले बोली फेरे,



सैघाली खबर,

काठमाडौं, २३ साउन । राष्ट्रिय जनता पार्टी ९राजपा० ले संविधान संशोधनको प्रस्ताव पारित गरेपछि मात्र स्थानीय तहको निर्वाचनमा सहभागी हुने जनाएको छ । पछिल्लो समय राजापाका नेताहरुले पारित भए पनि नभएपनि संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्नुपर्ने बताइरहेका बेला संयोजक महन्थ ठाकुरले बोली फेर्दै पारित नभएसम्म चुनावमा भाग नलिने अडान सुनाएका हुन् ।

पार्टीका संयोजक महन्थ ठाकुरले संविधान संशोधनको विषय प्रतिपक्ष दललाई विश्वासमा लिएर अनुमोदन गराउने काम सरकारको भएको भए पनि त्यसतर्फ सरकार संवेदनशील नभएको बताए ।

उनले राजनीतिक निर्णयबाट स्थानीय तहमा संख्या थप्नुपर्नेमा जोड दिँदै विगतमा मधेशमा भएका विभिन्न आन्दोलनमा मारिएकालाई शहीद, घाइतेलाई औषधि उपचारलगायत पार्टीका माग मन्त्रिपरिषद्बाट पूरा गर्न आग्रह गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्