जाडोमा अनुहारको सरसफाईमा उति ध्यान दिइन्न । पानी चिसो हुने भएकाले हामीलाई मुख पखालिरहन, नुहाइधुवाई गर्न जाँगर चल्दैन । बाक्लो र पुरा शरीर ढाक्ने पहिरन लगाइन्छ । जाडो सिजनमा डार्क कलर उपयुक्त हुन्छ । एकातिर बाक्लो र डार्क कलरको गेटअप, अर्कोतिर अनुहारको उति ख्याल नगर्ने हुँदा अनुहार फुस्रो देखिन्छ ।
अतः यहाँ १० मिनेटमै अनुहारलाई ताजा देखाउने टिप्स दिइएको छ ।
गुलाब जल
गुलाब जलमा हाइड्रेटिङ र छालाको चमक बढाउने गुण हुन्छ । गुलाब जललाई अनुहारमा लगाउने । अनुहार क्षणभरमै ताजा देखिन्छ । चम्किलो देखिन्छ ।
२ मिनेटका लागि महको प्याक
महमा भिटामिन बि र सी हुन्छ, जसले छालामा पोषण प्रदान गर्छ । चिसो पानीमा महको केहि थोपा चुहाइदिने । यसले अनुहार धुनुपर्छ । महको मिश्रणयुक्त पानीले मुख सफा गर्दा अनुहार मुलायम र चम्किलो हुन्छ ।
कागतिको फेसवास
धेरैजसो लेमन बेस्ड फेस वासले ताजगी र सितलता प्रदान गर्छ । यसको सुगन्धले ताजा अनुभव गराउँछ । कागतीको फेसवासले छालालाई ताजा देखाउँछ ।
ओलिभ आयलले मसाज
मसाजले अनुहारमा चमत्कारी परिवर्तन ल्याइदिन्छ । ओलिभ आयल यसका लागि सर्बोत्तम मोश्चराइजर हो । यसमा एन्टिअक्सिडेन्टको मात्रा पनि हुन्छ । ओलिभ आयलको केहि थोपा हातमा राखेर अनुहार मसाज गर्नुपर्छ ।
कफीको स्क्रब
कफीमा रहेको एन्टिअक्सिडेन्टले अनुहारको रक्तप्रवाह सुचारु गराउँछ । कफीको स्क्रबले छालको मृत्त कोशिका हटाउँछ र अनुहारलाई रसिलो बनाइराख्छ ।
अनुहारमा बरफले रगड्ने
बरफले अनुहार रगड्दा तत्कालै ताजा अनुभव गर्न सकिन्छ । बफरले अनुहारमा रगड्दा छाला कसिलो हुन्छ । यसले गर्दा अनुहारको चाहुरीपन घट्छ । मुलायम कटनको कपडामा बरफको टुक्रा राखेर अनुहारमा हल्का ढंगले मसाज गर्नुपर्छ ।
अनुहारको व्यायाम
समग्र शरीरको व्यायाम गर्दा पनि अनुहारको व्यायाम गरिदैन । अनुहारको छुटै व्यायाम गर्न सकिन्छ । अनुहारको व्यायाम कसरी गर्ने ?
मुखमा हावा भरेर ओंठ बन्द गर्ने, मुख फुलाउने । हावा फ्याक्ने । यो क्रिया २० पटकसम्म दोहोर्याउनुपर्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।