मनोरञ्जन

नेपाल आइडल टिमको पहिलो सांगीतिक विदेश यात्रा जापान

By थाहा अनलाइन

January 01, 2019

नेपालको चर्चित रियालिटी शो नेपाल आइडलको दोस्रो सिरिज सम्पन्न भइसकेको छ । सुदूरपश्चिमका रवि ओडल नेपाल आइडलको विजेता बनिसकेका छन् ।नेपाल आइडलका आयोजकले नेपाल आइडलमा सहभागी टप ५ प्रतिस्पर्धीलाई विश्वका विभिन्न राष्ट्रहरुमा प्रस्तुतिका लिएर जाने निर्णय गरेको थियो ।

नेपाल आइडल २ को पहिलो अन्तर्राष्ट्रिय सांगीतिक प्रस्तुति जापानमा हुँदै छ । कार्यक्रममा सहभागिता जनाउनका लागि नेपाल आइडलका टप ५ प्रतिस्पर्धी जापान उडेका छन् । नेपाल आइडलका टप ५ प्रतिस्पर्धीसहितको टोली सोमबार बेलुका ८ बजेको उडानमा जापान उडेको छ ।

नेपाल आइडलका टप ४ प्रतिस्पर्धी रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठकका साथमा अमित बराल पनि रहेका छन् । जापान प्रस्थान गर्ने क्रममा  कुरा गर्दै नेपाल आइडल २ का विजेता रवि ओड आमाको कुरामा निकै भावुक बनेका थिए। केही दिनअघि मात्रै रविकी आमाको करेन्ट लागेर निधन भएको थियो ।