पद्यमोदय क्याम्पसले मनायो टोपी दिवस



प्रतिक गोराथाकी,
घोराही।

राष्ट्रिय स्थरमा नेपालीको प्रवर्धन गर्न र देश भित्र पनी आप्नो संकृतीको पनी थप प्रवर्धन साथै प्रचार प्रसार हुने भएकाले अंग्रेजी नयाँ वर्ष भन्दा पहिले अन्तराष्ट्रिय टोपी दिवसलाई विशेष प्राथमिकता दिनुपर्छ भन्ने उदेश्यका साथ आज पद्यमोदय क्याम्पस शिक्षक विद्यार्थी संमन्वय समीतिको आयोजनामा एक औपचारीक कार्यक्रम गरी टोपी दिवसलाई मनाईएको छ ।

पद्यमोदय क्याम्पस शिक्षक विद्यार्थी संमन्वय समीतिको आयोजनामा भएको कार्यक्रममा विद्यार्थी शिक्षक सञ्चारकर्मि र विभिन्न स्थानिहरुको सहभागीता रहेको थियो ।

 


सहि अवसरमा घोराही तुल्सीपुर चोकमा रहेको पुरानो राष्ट्रिय झन्डालाई हटाई क्याम्पसका शिक्षक रमेश घिमिरेको प्रयायोजनमा नयाँ राष्ट्रिय झन्डा राखीएको थियो ।

क्याम्पसबाट सुरु गरीएको र्याली बैंक रोड, निमाहल रोड ट्रफिक चोक र तुल्सीपुर चोक हुदै पुर्न क्याम्पसमा आई औपचारीक कार्यक्रम गरिएको थियो ।

उत्त कार्यक्रममा समितीका निवर्तमान अध्यक्ष प्रेम वलि, निवर्तमान क्यम्पस प्रमुख गोविन्द प्रसाद न्यैपाने, क्याम्पस प्रमुख निश्चल आर्चाय, क्यम्पसका अध्यक्ष बम बहादुर डि। सि।, नेपाल पत्रकार महासंघ जिल्ला साखा दाङ्का अध्यक्ष सविन प्रियासन र समितिका अध्यक्ष नन्दु कुमार खड्काले टोपी दिवस विशेष मन्तव्य राख्नुभएको थियो ।

बम बहादुर डि।सि।को विशिष्ट आतिथ्यताबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रतिक गोराथोकीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्