चोलेन्द्रले दिए संसदीय सुनुवाइ समितिलाई जवाफ



काठमाडौं। प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूमाथि परेका उजुरी र सांसदहरुले गरेका प्रश्नको जवाफ दिएका छन् ।

मङ्गलबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा राणाले संविधानको प्रस्तावनामा उल्लेख स्वतन्त्र न्यायापालिकाको भावनाअनुसार आफुले न्यायलय सुधारको कार्ययोजना निर्माण गरेर प्रस्तुत गरेको भन्दै न्यायलयबारे सञ्चारमाध्यमा धेरै गुनासा आएको, सेवाग्राहीको न्यायप्रतिको आस्था मर्न नदिने जनाए । ‘आत्मा छोएर, बचनबद्ध भएर काम गर्नेर्छु’ राणाले भने, ‘अदालत सधै विधिशास्त्रीय मान्यता र कानुनी प्रकृयाअनुसार नै काम गरिरहेको छ । अब पनि गर्छ ।’

उनले सरकारले गर्ने विकासका काममा अदालतले कहिल्यै अवरोध नगर्ने प्रतिबद्धता जनाउँदै अबको न्यायलय गौरवमय न्यायलयका रुपमा हेर्न पाउने समेत दावी गरे ।

त्यसैगरी उनले वीरगञ्जको छपकैया पोखरी व्यक्तिकै नाममा रहेको र व्यक्तिले नै तिरो तिरेकाले आफुले फैसला गर्दा न्यायिक मान्यताअनुसार नै गरेको दावी गरे । त्यस्तै प्रेरणाले दाइजो पाएको जग्गा, जुवालाई बौद्धिक खेल भनेर गरेको फैसलालगायतमा पनि राणाले बचाउ गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्