मोवाइलको अत्याधिक प्रयोगले मृगौलादेखि स्वासप्रस्वासमा समस्या हुने खतरा



बढ्दो प्रविधिको विकाससँगै यसका असर पनि बढ्दै गएका छन् । अझ सबै भन्दा बढी त मोवाइल फोनको प्रयोगले समस्या निम्त्याई रहेको छ । एकोहोरो निहुरिएर मोबाइल चलाउदा गर्दन दुख्ने समस्याका बिरामी बढ्न थालेको छ ।

यो समस्या लगातार रुपमा म्यासेज गरिरहने र वेभ ब्राउजिङ गर्नेहरुलाई नै धेरै देखिन्छ । खासमा यो नेमोफेबियासँग सम्बन्धित समस्याको रुपमा विज्ञहरुले अथ्र्याएका छन् ।

युवामा नेमोफोबिया भनेको मोबाइलको लतबाट उत्पन्न हुने एक समस्या हो । लागातार रुपमा स्मार्टफोनको प्रयोग गर्ने मानिस नेमोफेबियाको सिकार हुने गरेको धेरै खोजले पुष्टि गरिसकेका छन् । यो समस्याबाट संक्रमित मानिसको संख्या पछिल्लो समय लगातार रुपमा बढ्दै गएको छ ।

स्मार्टफोनको प्रयोगले हुने अरु समस्या
दुई घण्टासम्म लगातार मोबाइलको प्रकाश अनुहारमा पर्नाले मानिसमा अनिदोको समस्या आउँछ ।
मोबाइलको लत लागेका मानिस मोबाइल लिएर नै बाथरुम जान्छन्, यसले गर्दा हरेक ६ जना मोबाइल प्रयोगकर्तामध्ये एकजनाको मोबाइलमा इकोलाई ब्याक्टेरिया पाइने सम्भावना हुन्छ । योे ब्याक्टेरियाले झाडापखाला र मृगौलामा समेत असर गर्नसक्छ ।

कम्युटर भिजन सिन्ड्रोम
अमेरिकी भिजन काउन्सिलको सर्वेक्षण अनुसार ७० वप्रतिशत मानिस मोबाइलको स्क्रिनमा हेर्ने बेला आँखा खुम्च्याउँछन् । यसो गर्नु कम्प्युटर भिजन सिन्ड्रोमको लक्षण हो । यो समस्याले पीडितको आँखा दुख्ने र धमिलो देखिने हुन्छ ।

स्वासप्रश्वासमा पनि असर

यूनाइटेड कायरोप्रेक्टिव एसोसिएशनको अनुसार लगातार मोबाइल प्रयोग गर्ने मानिसको काँध र गर्दन धेरै समयसम्म निहुरिरहेको हुन्छ । यसले गर्दा मानिसले पूर्ण र गहिरोसँग स्वास लिन सक्दैनन् । यसको सोझो असर फोक्सोमा पर्छ ।

के हो नेमोफोबिया ?
नेमोफोबियाको समस्या भनेको फोन हराउँछ र फोन नचलाइ बस्नुपर्छ भन्ने डरको समस्या पनि हो । यो रोगबाट पीडित व्यक्ति वा रोगीलाई नेमोफोन भनिन्छ ।

सर्वेक्षणको नतिजा

स्मार्टफोन प्रयोगकर्तामा भएको एक सर्वेक्षणका आधारमा स्मार्टफोन प्रयोगकर्ताले उनीहरु एक दिन पनि आफ्नो फोनबिना बस्न नसक्ने कुरा स्वीकारे । उनीहरु मान्छन् कि, उनीहरु हरेक १० मिनेटमा आफ्नो मोबाइल चेक गर्छन् । युवा अथवा टिनेजर्सले स्मार्टफोनको लतले ग्रस्त भएकोे पनि स्वीकारेका छन् ।

मोबाइल हराउँदा उनीहरुलाई छट्पटी र चिन्ताले सताउने कुरा उनीहरु स्वीकार गर्छन् । स्मार्टफोन प्रयोगकर्ता फिल्म हेर्ने बेलामा पनि फेसबुक चेक गर्छन् । स्मार्टफोनको प्रयोग गर्नाले उनीहरुको व्यक्तिगत सम्बन्धमा सोझै असर परेको स्वीकारेका छन् । उनीहरुले अरुको अगाडि मुर्ख नदेखिनु परोस् भनेर लगातार रुपमा मोबाइल चलाइरहेको नाटक गर्ने गर्छन् । यसले गर्दा तिनको आत्मविश्वासमा कमी आउँछ । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्