चोलेन्द्र प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन



काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश चोलेन्द्रशम्शेर जबराको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
मंगलबार सुनुवाई सकिएलगत्तै समितिले राणाको नाम प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिएका छन्।

निर्णयको जानकारी सम्बन्धित निकायमा पठाउने निर्णय भयो, उनले भने । संसदीय सुनुवाइ समितिले संवैधानिक समितिको सिफारिस स्वीकृत गरेमा राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ । अब राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्नेछिन्।

गत मंसिर २७ गते संवैधानिक परिषदले सर्वोच्चका वरिष्ठतम् न्यायाधीश मध्येबाट जबराको नाम भावी प्रधानन्यायाधीशमा सर्वसम्मतीबाट सिफारिस गरेको थियो।

संसदीय सुनुवाई विशेष समितिमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ जबराले मंगलबार दिएका छन्।

सांसदहरूका प्रश्नको जवाफमा जबराले आफू अदालती सेवाबाट निस्कने बेलामा अनुहारमा कालो पोतेर नहिँड्ने बताए। ‘म अब निस्कने बेलामा आफ्नो अनुहारमा कालो पोतेर, कोतरेर, नचिनिने भएर, कुरुप भएर जाने छैनु, जबराले भने, अदालतको विश्वास र आस्था बचाएर राख्ने छु।’

२०१४ मंसिर २८ गते जन्मिएका जबरा २०७१ जेठ १३ देखि सर्वोच्च अदालतमा न्यायाधीश छन्। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आजदेखि नै अवकाश पाएका छन्।

जबराले ठहर खण्डमा नभई तपसिल खण्डमा मात्र न्यायपरिषद्मा लेखि पठाइएको र तत्कालीन न्यायपरिषद्मा छलफल भई तामेलीमा राख्ने निर्णय भइसकेको बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्