अविवाहित युवतीको पाठेघर बिग्रनुको यस्तो छ कारण



धेरैजसो भ्रम छ कि अविवाहित युवतीको पाठेघरमा समस्या आउने तथा बिग्रने खतरा रहँदैन । अविवाहितको पाठेघरमा समस्या निम्तिने धेरै कारण् छन् ।
२० प्रतिशत अविवाहित युवतीमा पाठेघरमा समस्या हुने गरेको तथ्यांक छ । तर विभिन्न हर्मोनको रोकावटका कारण उनीहरु पाठेघरमा समस्या भएको महिनावारीअघि थाहा नहुन पनि सक्छ ।

कारण १. खुला समाजमा असुरक्षित यौन सम्पर्क गर्दा संक्रमण फैलिएर बिहे नगरेका युवतीको पाठेघर विग्रिएको पाइन्छ ।
२.यौन इच्छा पूरा गर्ने प्रक्रियामा रहने अनिश्चित गर्भ तुहाउन प्रयोग गरिने औषधि तथा असुरक्षित गर्भपतनका कारण पनि अविवाहिता युवतीको पाठेघर विग्रने गरेको छ ।

३. आमा या अगाडिको पुस्ताका महिलामा पाठेघरमा समस्या देखिएको भए पछिल्लो पुस्तामा जेनेटिक हुन सक्छ । जेनेटिक असर जन्मजात या विवाह नगर्दै देखिन सक्छ ।

लक्षण १. अविवाहिता युवतीको पाठेघरमा समस्या भएको महिनावारी हुँदा केही लक्षण देखिन्छ । महिनावारी हुँदा धेरै नै पटे दुख्छ भने समस्या भएको हुन सक्छ ।

२. महिनावारी नभएका युवतीको योनिबाट अत्याधिक मात्रामा सेतोपानी बगेमा पाठेघरमा समस्या भएको बुझ्न सकिन्छ । संक्रमणबारे भने उनीहरूको पेटमा गर्भ रहे नरहेको जाँच गर्दा मात्रै थाहा पाउन सकिन्छ ।

३. सामान्यतया असुरक्षित यौन सम्पर्कपछि सेतोपानी बग्ने, योनी चिलाउने, गनाउने, बढी रक्तश्राव हुने, खाएको शरीरमा नलाग्नेजस्ता लक्षणले पाठेघरमा समस्या भएको बुझाउँछ ।

चेतना १. हरेक युवतीले आफ्नो पाठेघरको महत्व वुझ्न जरुरी छ । बच्चा जन्माउने क्षमता त हुँदै हो यसको सम्बन्ध पूरै स्वास्थ्यसँग जोडिएको हुन्छ ।

२. गलतलाइ गलत बुझ्न नसक्ने उमेरमा नै असुरक्षित यौन सम्बन्धमा युवतीहरू फस्ने गरेका छन् । सुरक्षित गर्भपतनको सेवा दिएको सरकार र सम्बन्धित नियकाले दाबी गरे पनि प्रभावकारीता छैन ।

३. राज्यको शैक्षिक प्रणाली तथा अभिभावकहरुले सन्तानप्रति यौनको सवालमा देखाउने व्यवहार नै गलत छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्