नेपाली पोषाक राष्ट्रको पहिचान भएको दावी



बिष्णुकुमार देवकोटा,
दाङ ।
नेपाली राष्ट्रिय पोषाक दौरा सुरुवाल राष्ट्रिय पहिचान भएको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
छैंठौ राष्ट्रिय पोषाक दिवशको अबसरमा राष्ट्रिय पोषाक संरक्षण महाअभियान दाङ जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाली सँस्कृति संग जोडिएको दौरा सुरुवाल, गुन्यु र चोलिको महत्व पुर्खाको योगदानको पहिचान रहेको दावि गरेका छन् ।

राष्ट्रिय पोषाक संरक्षण महाअभियान दाङ जिल्ला कार्यसमितिका संयोजक शमिर वलिको सभाअध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी गोविन्द रीजालको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरकृया कार्यक्रममा देश संघीय संरचनामा प्रवेश गरेता पनि नेपाली राष्ट्रिय पोषाक कुनै बर्ग बिषेस को नभई सबै नेपालीहरुको भावनात्मक एकताको प्रतिक भएकाले यसको संरक्षण र संबद्र्धनमा सबै लाग्नुपर्ने प्रमुख जिल्ला अधिकारी गोबिन्द रीजालले बताउनुभयो ।


देश अहिले जातिय विभाजनाको ससंघारमा गएको र जातिय नरशंहारहुने खतरा तर्फ औल्याँउदै डा। भिम राव आम्बेडकर सम्मान बाट सम्मानित सीसा नेपालका अध्यक्ष समेत रहनुभएकी साजिद्धा सिद्धिकीले सबै जात जाती भाषा भाषी र धार्मीक सम्प्रदायहरुले देशको पहिचानको सम्मान गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

 

नेपाल बहुसाँस्कृतिक, बहुधार्मीक दखेश भएको औल्याँउदै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि बेल बहनदुर पाण्डेले संबैधानीक व्यवस्थालाई सबैले पालना गर्नुपर्ने आवस्यक्ता औंल्याउनुभयो ।

सामामजिक एकतामा खलल् पु्न्नेकाम कहि कतै र कसैबाट भए गरेको पाईएमा पत्रकारहरुले समाजिक संबेदनसिलता बुझि समाचार सम्प्रेषणन गर्नुपर्ने बताउदै नेपाल पत्रकार महासंघ दाङ साखााक अध्यक्ष सबिन प्रियासनले यस्ता कार्यक्रमहरुले जनताहरुमा देशप्रेम बढ्ने बताउनुभयो ।

कार्यक्रममा अर्किड इडन एकेडेमि र शान्तिनिकेतन बोर्डिङ्ग स्कूलका क्षत्राहरुले देशभक्तिपुर्ण नृत्य प्रस्तुत गरेको कार्यक्रमको संचालन पत्रका बिष्णुकुमार देवकोटाले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्