अखिल नेपाल युबक संघ दाङद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र



दाङ।
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युबक संघ दाङले जिल्ला प्रसासन कार्यालय दाङ मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला अध्यक्ष चित्र बहादुर महतराको नेतृत्व र राष्ट्रिय जनमोर्चा का जिल्ला अध्यक्ष गणेश आचार्य को उपस्थितिमा बुझाएको ज्ञापनपत्रमा बिबादास्पद युनिभर्सल पिस फेड्रेसन को आयोजनामा भएको एसिया प्यासिफिक समिटमा सरकारको सहभागीताको बिरोध गरेको छ ।

धार्मिक सहिष्णुता , सामाजिक न्याय र एकता माथी खलल पुग्ने देखियकोले धर्म निरपेक्षता बिपरितका कार्यहरु रोक्न माग गरिएको छ । संघीयता नेपालको सन्दर्भमा गलत ब्यबस्था भएकोली खारेज गर्न माग गरिएको छ । स्थानीय तहमा भएको अनिमित्ता रोकि पारदर्सितामा ध्यान दिन माग गरिएको छ ।

बढ्दो युबा बेरोजगार र बिदेश पलायन लाई रोक्न र उत्पादनको काममा हौसला प्रदान गर्नु पर्ने कुरामा जोड दिएको छ । साथै आजै बसेको बैठकले आउदो माघ महिना भरी जागौ युबा लागौ युबा भन्ने नाराका साथ एक महिने विशेष संगठन निर्माण अभियान चलाउने , त्यो अभियायन को योजना बनाउन को लागि माघ ४ गते लमहीमा जिल्ला भेला गर्ने निर्णय गरेको छ ।

साथै राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानले चर्को सुल्क वृद्धि गर्नुका साथै पाउदै आएको सेबा समेत कटौती गरेको ले सेबा कटौती होइन पाउदै आएको सेबालाइ निरन्तरता दिनुका साथै थप सेबा सुबिधा थप्नु पर्ने र बढेको सुक्ल तत्काल फिर्ता गर्न माग गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्