फरक फरक महिलाको स्तनको आकार फरक फरक हुने भए पनि एउटै महिलाको दुई वटा स्तनको आकार पनि फरक हुनसक्छ । एउटै महिलाको स्तनको आकार आखिर किन फरक हुन्छ त ? यस विषयमा विभिन्न अध्ययन भएका छन् । हालैमात्र बेलायतको एक पहिरन उत्पादन कम्पनी डिभेनहाम्सले पनि यसको बारेमा अनुसन्धानको नतिजा सार्वजनिक गरेको छ ।
यो कम्पनीले हरेक वर्ष महिलाले लगाउने ब्रा तथा पेन्टीहरुको आकारको बारेमा सर्वेक्षण गर्छ । आम महिलाले सानो, मझौला वा ठूलो मध्ये कुन प्रकारको ब्रा र पेन्टी लगाउँछन् भन्ने जान्नका लागि यस कम्पनीले यस्तो सर्वेक्षण गर्दै आएको छ ।
उदाहरणको लागि सन् २००८ को एउटा सर्वेक्षणले बेलायती महिलामाझ ‘पुस अप’ ब्रा निकै लोकप्रिय रहेको देखाएको थियो । सन् २०१२ को एक सर्वेक्षण अनुसार आजभोलीको महिलाको स्तन बढेको भन्दै सोही अनुरुपको ब्रा बनाएको थियो ।
डिभेनाहाम्सका नियमित ग्राहकमाझ ब्राको आकार सन् २०१० देखि नै बढेको छ । किनकी त्यतिबेला नै ब्राको आकार ३४ बीको आकारबाट ३४ डी मा पुगेको थियो । त्यसो त स्तन र ब्राको विषयमा एउटा कम्पनीको सर्वेक्षणलाई मात्र आधिकारिक वा विश्वासिलो मान्न सकिदैन ।
तर, अन्य केही तथ्यांकहरुलाई विश्लेषण गर्दा यो बुझ्न करै लाग्छ कि, पछिल्ला वर्षहरुमा पश्चिमेली महिलाका स्तनहरुको आकार भने बिस्तारै ठूला र पुटुक्क देखिन थालेका छन् । आकर्षक स्तन देखिनु वंशाणुगत उपहार हो वा ब्राको चमत्कार हो यसको जबाफ विज्ञहरुले नै देलान् । तर, कस्मेटिक सर्जरीकै कारणले पश्चिमा महिलाको स्तन ठूलो भएको भने अवश्य होइन ।
सन् १९८३ मा महिलाहरुको भित्री पोसाक निर्माता अर्को कम्पनी प्लेटेक्सले सर्वाधिक विक्री हुने ब्राको आकार ३४ बी बाट ३६ बी पुगेको रिर्पोट गर्यो । केही वर्षपछि औषत अमेरिकी महिलाको कप साइज ३६ सी पुगेको बताइयो । अनि बिस्तारै महिलाहरु ठूला ठूला ब्रा प्रति मोहित हुन थाले ।ठूलो ब्रा लगाउनुका पछाडि विभिन्न तत्वले भूमिका खेलेको बताइन्छ । जस्तैः महिलाको कम्मरमा बृद्धि, फिटिङ ब्रा प्रतिको बढ्दो मोह र ब्रा निर्माता कम्पनीमा स्टार्डन्ड साइजको अभाव इत्यादि ।
जहाँसम्म स्तनको आकारको सवाल छ, यसमा विभिन्न तत्वले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । जस्तै तौल परिवर्तन, औषधी, गर्भवती अवस्था र मासिक धर्मको अवस्था यी सबैले स्तनको आकार बढाउन र घटाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तरपनि स्तनको आकारलाई सातओटा वंशाणुगत संकेतले निर्देशित गर्ने बताइन्छ ।
हरेक महिलाले आफ्नो अभिभावकको जीनबाट ब्रासँग सम्बन्धित डीएनको अद्धितीय सेट प्राप्त गरेको हुन्छ । स्तनको स्वरुप सामान्यता सबै महिलाहरुमा उस्ताउस्तै भएपनि यसको आकार महिलैपिच्छे फरक मात्र होइन स्तनपिच्छे फरक हुन्छ ।
महिलाहरको यौन अंग विकसित भएपछि महिला सेक्स हर्मन ९इस्ट्रोजिन०ले महिलाको प्रारम्भिक स्तन विकासमा सहयोग पुर्याउँछ । बिस्तारै स्तनको मुन्टामा हल्का बृद्धि हुन्छ । तर, दुबै स्तनले एउटै खालको हर्मन नपाउन पनि सक्छन् । जसका कारण एउटा स्तन अर्को भन्दा तुलनात्मक रुपमा ठूलो हुन्छ ।
किशोरावस्थामा देखिएको स्तनको आकारको असन्तुलन प्रौढ अवस्थामा पनि देखिन्छ । कम्तिमा पनि २५ प्रतिशत महिलाको एकातिरको स्तन सानो हुन्छ । स्तनको आकार ठूलो वा सानो बनाउने जीनबारे अनुसन्धानकर्ताहरुले वृहत विवरण पत्ता लगाइरहेकै बेला स्तनको असन्तुलित आकारले उचित ब्रा कप खोज्न झन्झटबाट मुक्त पाउने विश्वास गरिएको छ । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।