समाज

आफैँलाई आगो लगाई घाईते महिलाको पहिचान खुल्यो

By थाहा अनलाइन

January 01, 2019

कास्की । गत मंगलबार पोखरामा आफैँले आफैँलाई मट्टीतेल खन्याएर आगो लगाएकी महिलाको परिचय खुलेको छ । आफैँलाई आगो लागाउने महिला भारत महाराष्ट्रकी ३० वर्षीया नारङ्गी भुजेल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्रमान गुरुङ्गले जानकारी दिएका छन् ।

उनले पश्चिमाञ्चल सामुदायिक अस्पताल अगाडि बाटोमा मट्टीतेल खन्याएर आफूलाई आगो लगाएकि थिईन ।उनको अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उनले आफैँलाई किन आगो लगाइन भन्ने बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्की जानकालेरी दिएको छ ।