नवजात शिशुको शव फेला



। झापाको बुद्धशान्ति गाउँपालिका–४ आइतबारेमा नवजात शिशुको शव फेला परेको छ । स्थानीय शंकर रेग्मीको जग्गामा एउटा खुट्टा देखिने गरी शिशुको शव गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख कृष्णप्रसाद हुमागाईंले बताएका छन् । मंगलबार बिहान स्थानीय उत्तरबहादुर बुढाथोकी घाँस काट्न जाँदा शिशुको विभत्स अवस्थाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख कृष्णप्रसाद हुमागाँईका अनुसार शिशु जन्मिने बित्तिकै सालले घाँटी थिचेर मार्ने प्रयास गरिए पनि शिशु नमरेपछि पुन सुपारीको पातको डोरी बनाई सो डोरीले शिशुको घाँटी थिचेर मारिएकोे प्रारम्भिक अनुसन्धानले देखिएको छ ।

सो शिशु कस्ले जन्माएको र किन मारेको भन्ने विषयमा गम्भिर अनुसन्धान गरिरहेको हुमागार्ईले बताएका छन् । शिशुको शव पोष्टमार्टमका लागि मेची अस्पताल भद्रपुर लगिएको र त्यहाँ पोष्ट मार्टम हुन नसके धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने हुमागार्ईले जनाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्