बिपन्न वृद्धबृद्धालाई न्यानो कपडा वितरण



दाङ । घोराही उप–महानगरपालिका वडा नं. १४ ले आर्थिक रुपले बिपन्न बृद्धबृद्धालाई न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरि ३२ जना बिपन्न बृद्धहरुलाई कपडा वितरण गरेको हो । कार्यालयको तर्फबाट बृद्धहरुलाई सिरक,म्याट लगाएतका सामग्री प्रदेश सभा सदस्य अम्मरबहादुर डाँगी,घोराही उप–महानगरपालिकाका प्रशासकीय अधिकृत सन्तबहादुर सुनार र वडा अध्यक्ष शक्तिराम डाँगीले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो ।

त्यस अबसरमा बोल्दै प्रदेश सभा सदस्य अम्मरबहादुर डाँगीले पछिल्लो समय बृद्धबृद्धाहरुलाई सम्मान गर्ने परिपाटीको विकास भएको वताउँनुभयो । यस्ता सहयोगले बृद्धबृद्धा प्रति सद्भाव जगाउँने भन्दै वडाले यस्ता कार्यक्रम निरन्तर संचालन गर्नुपर्ने उल्लेख गर्नुभयो । समाजमा बृद्धबृद्धाहरुलाई पछिल्लो समय अपहेलाना गर्ने क्रम बढेको भन्दै आमा बा को हेरचाह गर्ने छोरा–छोरीलाई समेत सम्मान गर्नुपर्ने उल्लेख गर्नुभयो ।

त्यस अबसरमा बोल्दै घोराही उप–महानगरपालिकाका प्रशासकीय अधिकृत सन्तबहादुर सुनारले काठमाडौको सिंहदरवार गाउँगाँउमा पुग्न थालेको बताउँनु भयो । राज्यको सेवा पाउँन हिजो दैवी प्रकोपमा आउँनुपर्नेे बताउँदै अहिले आबश्यक परे जुनसकै समयमा पनि सहयोग पाउँन सकिने उल्लेख गर्नुभयो । वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उप–महानगरपालिका वडा नं. १८ अध्यक्ष भरत अ¥र्याल,१३ अध्यक्ष रविलाल घर्ती, नागरिक समाज दाङका संयोजक चन्द«राज पन्त र दाङ उद्योग वाणिज्य ंसंघका सदस्य धनपति शर्माले शुभकामना व्यक्त गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्