भिडियो

साथीसँग रमाउने उमेरमा बस्तु झै बाधिन बाध्य

By थाहा अनलाइन

January 01, 2019

काठमाडौं । कैलाली लम्कीचुहा नगरपालीका ६ बाहुनपुरकी तारा जैशी १९ वर्षकी भइन् । तर उनी अन्य सामान्य १९ वर्षका युवती जस्तो इच्छा चाहान अभिव्यक्त गर्न सक्तिन् ।

घरमा आमा र बहिनी मात्र छन् । आमाको नाम हो सुर्यकला जैसी । उनकी आमा सुर्यकलाका अनुसार तारा जन्मजात मानसिक रुपमा यस्तै थिइन् । तारा बोल्न नसक्ने जतातै हिड्ने गछिन् । एकजना उसैको गोठालो बस्नु पर्ने आमाको भनाइ छ ।

उनकीआमाले भनेकी छिन्–‘भनेको केही बुझ्दिन आफूलाई जे मन लाग्यो त्यही गर्छे । जति खेरै सताउने गर्छे । एक्लै छोडेर कतै पनि जान मिल्दैन ।’

साथी सिर्जना शाहले बल बहादुर विष्टको सहयोगमा उनकी आमासँग गरेको कुराकानीको भिडियो

सानै देखि नै उसको व्यवहार यस्तै भएको आमा सुर्यकलाको भनाइ छ । त्यस्तै नगरपालिकाले ताराको उपचारको लागि हस्पिटल सम्म लगेको आमाले जानकारी दिएकी छिन् । तर उपचार सम्भव नभएपछि गाउँमै फर्काइएको उनको भनाइ छ । आर्थिक रुपमा कमजोर भएको र आफै हस्पिटल सम्म लग्न नसक्ने अवश्था भएकोले १९ वर्ष सम्म बाँधेर राख्नु परेको आमा सुर्यकलाले जानकारी दिएकी छिन् ।

उनले भनेकी छिन्– ‘सरकारले महिनाको २ हजार रुपैयाँ दिन्छ । त्यही पैसाले हामी ३ आमाछोरीको गुजरा चलिरहेको छ । जग्गा गमिन पनि त्यति धेरै छैन । यसैलाई रुगेर बस्नाले अर्काको काम गर्न जान समेत सकिँदैन । अर्की छोरी सानै छे । के गर्ने आफ्नो घाँटीमा गलगाँड आएपछि सहनै पर्याे ।’

त्यस्तै गरिवीको कारणले उनको उपचार पनि हुन सकेको छैन् । मानसिक रुपमा अस्वस्थ तारा आफुले लगाएको कपडा च्यात्ने फाल्ने, भाग्ने जस्ता क्रियाकलापहरु गर्न थालेपछि उनलाई बाख्राको खोरमा पनि बाँधेको उनकी आमाको भनाई छ ।

जन्मदा निकै सुन्दर रहेकी ताराले जन्मेको ६ महिनादेखि नै समस्या झेल्दै आएकी थिइन् । सुर्यकलाका श्रीमनले अर्को विवाह गरेदेखि घर फर्केर आएका छैनन् ।

तीन छोरा २ छोरीको जिम्मेवारी उनको काँधमा छ । गरिबीको चपटेमा गुर्जिएको ताराको परिवारलाई बिहान बेलुका छाक टार्न समेत गाह्रो हुने गर्छ । छोरीलाई पशु जस्तै गरेर राख्नुको पीडा पोख्दै आमा सूर्यकलाले भनिन्, ‘आर्थिक अभावको कारण छोरीको राम्रो उपचार गर्न पाएको छैन् । कसैले आर्थिक सहयोग गरे छोरीको राम्रसँग उपचार गर्नेथिएँ ।’

उनको दर्दनाक अवश्था हेर्नको लागि साथी सिर्जना शाहले उनकी आमासँग गरेको कुराकानीको भिडियोमा हेर्नुहोला