राज्य सत्ताले बोलि नबुझे हतियार उठाउने नेसनल मंगोल अर्गनाइजेसनको चेतावनी



बिष्णुकुमार देवकोटा,
दाङ ।
राज्य सत्ताले बोलि नबुझे हतियार उठाउने नेसनल मंगोल अर्गनाइजेसनका केन्द्रिय सभापति बुद्धलाल मेचेले चेतावनि दिनुभएको छ ।
८० प्रतिसत मूलबासी अहिन्दू मूलबासी मंगोलहरु लाई संबिधानमै नसमेटेको प्रति आपत्ति जनाउँदै मेचेले मंगोल मुक्तिको आन्दोलनमा समाहित हुन सम्पुर्ण अहिन्दू मूलबासी मंगोलहरुलाई आग्रह गर्नुभयो ।

नेसनल मंगोल अर्गनाईजेसन ५ नम्बर प्रदेश सभाले दाङको घोराहीमा आयोजना गरेको ३० औ स्थापना दिवश तथा ५ नम्बर प्रान्तिय शभाको खुल्ला अबिधेसनलाई सम्बोधन गर्दै मेचेले हिन्दूबादी बाहुन क्षेत्रीहरुले बहुसंख्यक मंगोलहरुमाथी थिचोमिचो गरेको आरोप लगाउनुभयो ।


नेपालमा दुईवटा मात्र वर्ण रहेको भन्दै मेचेले अहिन्दुवादी मंगोल र हिन्दूवादीहरु बिच संघर्ष आवस्यक रहेको भन्दै मेचेले आफुहरु पुर्णतः संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रवादी भएको दावी गर्नुभयो ।

अधिकाँस बाहुन क्षेत्रीहरुलाई गालि गर्न समय खर्चिनुभएका मेचेले बाहुनक्षेत्रीहरुले आफ्नो ८० प्रतिसत जमिन खोसेको आरोप लगाउँदै अब मंगोल मुक्तिका लागि कुनैपनि मुल्य चुकाउन तयार रहेको नेता तथा कार्यकर्ताहरुलाई निर्दैशन दिनुभयो ।

बाहुन क्षेत्रीहरुले ढाँट र छलको राजनिती गरेको भन्दै देश बिकासका लागि मंगोल राज्य आवस्यक रहेको दावी गर्नुभयो ।
सैबिच नेसनल मंगोल अर्गनाईजेसनको ३९ सदस्यिय प्रादेशिक समिति दिपक थापा मगरको ९दाङ० अध्यक्षतामा गठन गरिएको छ
जस्को सचिवमा जनक प्रसाद मगर रुपन्देही , सह सचिवमा सत्रुधन रोका मगर ९गुल्मि०, कोषाध्यक्षमा नेत्र बहादुर गुरुङ्ग ९अर्घाखाँची० निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा टेक बहादुर सिंजाली मगर, पवन बहादुर थापामगर, शान्त बहादुर बि।क। ओम बहादुर शारु, बुद्धिसागर थारु, खिल बहादुर गाहामगर, बुद्धि बहादुर शारु, कर्ण बहादुर गुरुङ्ग, बिष्णुकुमार गुरुङ्ग, देव प्रसाद श्रेष्ठ, पुर्ण बहादुर आले मगर, टेक बहादुर आलेमगर, केश बहादुर थापा मगर, प्रेम बहादुर घर्तिमगर, गंगा नेपाली, निर्मला झाँक्रिमगर, मान बहादुर राना मगर, धनीसरा गाहा मगर, सुमित्रा थापा गुरुङ्ग, खेती सारु मगर, जेनिशा बुढामगर, दिपा चौधरी, सुप्रिया बुढामगर, कुमारी बुढामगर, बिर बहादुर गुरुङ्ग, चित्रकला बलामी, घनस्याम चौधरी, सुदिप थापाागर, देवराज गुरुङ्ग, अनिसरा बुढामगर, मन बहादुर घर्तिमगर निर्वाचित हुनुभएको छ ।

समितिको सल्लाहकारहरुमा खगेन्द्र रास्कोटि मगर, चन्द्र बहादुर अर्गैजा मगर, वेद बहादुर थापामगर र क्याप्टेन रोमन बहादुर रानामगर चयन हुनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्