उपकूलपतिलाई शुल्कबृद्धि फिर्तालिन – पूर्व मन्त्री रेखा शर्माको निर्देशन



दाङ । नेकपा नेतृ रेखा शर्मा संयीय संसदका सदस्य हुनुहुन्छ । पूर्व सामान्य प्रशासन मन्त्री समेत बनेकी शर्मा नेकपाको अब्बल नेताका रुपमा स्थापित हुनुहुन्छ । नेकपाको केन्द्रिय सदस्य समेत रहेकी उहाँ केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा सामान्य प्रशासन मन्त्री हुनहुन्थ्यो । शर्माले दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउँनका पार्टी अध्यक्ष प्रचण्ड,सभामुख कृष्णबहादुर महरा देखि तल्लो तहका स्थानिय स्तरका नेताहरुसंग समेत लिबिङ गर्नुभयो ।

अध्यक्ष प्रचण्ड र सभामुख कृष्णबहादुर महराले प्रतिष्ठान गठनका लागि उस्तै गरि भुमिका खेल्नुभयो । तर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पूर्णता नपाउँदै बिवादमा तानिएको छ ।प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारीले आफुखुशी सेवा शुल्क बृद्धि गरेपछि प्रतिष्ठान झन बिवादिन बनेको हो ।पूर्वमन्त्री शर्माले प्रतिष्ठानकी उपकुलपति भण्डारीले सेवा शुल्कमा गरेको मुल्यबृद्धिको बिरोध गर्नु भएको छ । आफुखुशी गरेको मुल्यबृद्धि तत्काल फिर्तालिन उपकुलपतिलाई निर्देशन दिनुभयो ।

 

संविधानले नै जनताको आधारभुत स्वास्थ्य सेवा निशुल्क गरेको भन्दै संविधान भन्दा बाहिर जाने कुरा आफुलाई मान्य नहुने बताउँनुभयो । जनताको स्वास्थ्य माथि कसैलाई खेलवाड गर्ने अधिकार नभएको भन्दै त्यो कुरा बुझन उपकुलपति भण्डारीलाई चेतावनी समेत दिनुभयो । जनताको लागि बरदान होस् भन्ने उदेश्यले ल्याएको प्रतिष्ठान अहिले अभिसाप बन्छकी भन्ने चिन्ता छ उहाँले भन्नुभयो । कानुन भन्दा माथि जाने अधिकार कसैलाई नभएको भन्दै केही समस्या भए छलफलका माध्यमबाट हल गर्न उल्लेख गर्नुभयो । मुल्य बृद्धिले आम नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुने अबस्था देखा परेको भन्दै तत्काल जनता लागि काम गर्न उहाँले उपकुलपतिलाई आग्रह गर्नुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्