पुष १८ गते बुधबारको राशिफल



२०७५ साल पुष १८ गते बुधबार नेपाल सम्बत ११३९ थिंल्लागा तदनुसार सन् २०१९ जनवरी २ तारिक कृष्णपक्ष द्वादशी तिथि राती ३ वजेर ३८ मिनेटसम्म उप्रान्त त्रयोदशी तिथि,विशखा नक्षत्र मध्यान्ह १२ वजेर ५ मिनेटसम्म उप्रान्त अनुराधा नक्षत्र,शूलयोग,कौलवकरण, आनन्दादियोग धाता,सूर्य धनु राशीमा,चन्द्रमा वृश्चिक राशीमा । काल र योगिनी नैऋत्य पाश छैन,शुक्र पूर्व दिशामा भने चन्द्रमा उत्तर दिशामा दिन भर भ्रमण गर्ने छन् । पश्चिमको यात्रा शुभ रहनेछ ।

मेषः– सोचे जस्तो गरे जस्तो कहि हुने छैन । दुःख,कष्ट हैरानी बढि हुनेछ । नयाँ काममा लगानी बढाउनु घाटा हुनेछ । खानपानका कारण स्वास्थ्यमा समस्या आउनेछ । गर्न लागेका काममा विभिन्न खालका अवरोध आउने देखिन्छ । गतिलो समाचार सुन्न पाईने छैन । सहयोगको आशा वोकेर गएका ठाँउबाट निराशा भएर फर्किनु पर्नेछ । व्यापार घट्नेछ ।

वृषः– शत्रुहरु आफै कमजोर भएर फर्किने छन् । विवादको अन्त्य हुनेछ । मनोबल र कार्य क्षमता बढ्ने छ । आफ्नै पहलमा धेरै काम बन्ने छन् । नयाँ कामको प्रस्ताव आउनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । जीवन साथीको सहयोगमा महत्व पूर्ण काम हुनेछन् । व्यापार व्यवसायमा सम्भावना राम्रै देखिन्छ । आम्दानी बढ्ला ।

मिथुनः– गोपनियता भङ्ग नगर्नु होला आफन्त नै शत्रु हुन सक्छन् । काममा हेलचक्र्याई गरेमा अरुले फाइदा लुट्ने छन् । विना मेहनत फलको आश नगर्नु होला । परिश्रम अनुसारको फल भने पाईने छ । स्वास्थ्यमा थोरै ख्याल राख्नु पर्ने देखिन्छ । आय आर्जन बढ्नेछ । ऋण लगानी नगर्नु उत्तम देखिन्छ । गरेमा सुरक्षित विधि अप्नाउनु होला ।

कर्कटः– मनमा धेरै कुरा खेल्ने छन् । आफ्नै कारण काममा विलम्व हुने छ,जसका कारण अरुले फाइदा लुट्ने सम्भावना रहनेछ । समस्याको घेराबाट बाहिर निस्कने प्रयत्न गर्नु होला । व्यापारमा सामान्य सुधार आउनेछ । कला साहित्यमा अभिरुची बढ्नेछ । पारिवारिक सहयोग थोरै मिल्नेछ । सम्पतिको तृष्णा बढ्नेछ ।

सिंहः–अनुत्पादक काममा समय बढि लगानी हुने देखिन्छ । घरयासी वस्तु खरीदमा धन बढि खर्च होला । व्यवसायिक गतिविधि अझेलमा पर्नेछन् । समयले सोचे जस्तो साथ दिने छैन । काम गर्ने जोश जागर घट्नेछ । मुखको सहयोग गर्ने धेरै हुनेछन् भने व्यवहारिक सहयोग गर्ने कम हुनेछन् । घरमा पारिवारिक जमघट बढ्नेछ ।

कन्याः– साहासिक काम हुनेछन् । निर्णय क्षमता बढ्नेछ । तर कुनै पनि कामको बारेमा निर्णय लिदा एकपटक सोचेर लिनुहोला । आफ्नै पहलमा धेरै कामको छिनोफानो हुनेछ । इष्टमित्र साथी भाईको सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । आर्थिक समस्या समाधान भएर जानेछन् । ज्ञान र शिपको विकाश हुनेछ ।

तुलाः–घर प्रयोजनका लागि सामान खरीदमा धेरै पैसा जानेछ । आफन्तको सुझाव सल्लाहा राम्रै मिल्नेछ । काम गर्दा आर्थिक कुरालाई ध्यान दिनु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । हेलचक्र्याई नगरि प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । घर बाहिर बसेर काम गर्दा बढि आनन्द हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ ।

वृश्चिकः– अनावस्यक खर्चमा कमि आउनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । काम गर्ने जोश जागर बढ्नेछ । काममा सोचे भन्दा राम्रो प्रगति हुनेछ । औषधी चिकित्सा,यान्त्रिक,निर्माण व्यवसाय तथा प्राविधिक कामबाट बढि लाभान्वित हुनुहुनेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । पढाईमा प्रगति हुनेछ ।

धनुः– समयले सोचे जस्तो साथ दिने छैन । मनमा गलत विचार जन्मिनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । बन्न लागेका काम विग्रिन सक्छन् सर्तक रहनु होला । शारीरिक दुर्वलता बढ्नेछ । लेनदेन कारोवार विग्रिन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् । परभाव एवं परबन्धनको सम्भावनालाई नकार्न सकिन्न । अतिथि खर्च बढ्नेछ ।

मकरः– सपना साकार हुने देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । उधारो रकम उठ्नेछ । हिजोका असहयोगी आज सहयोगी बनेर आउने छन् । गरेका काम उदाहरणीय हुनेछन् । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन्, आम्दानी बढ्नेछ । जीवन साथीको सहयोग लिएर काम गर्दा बढि सफलता मिल्नेछ । मान्यजनको आशिर्वाद मिल्नेछ ।

कुम्भः– नकरात्मक सोच हट्नेछ । गतिरोधको अन्त्य हुनेछ । विगतमा देखिएका समस्या समाधान हुनेछन् । विरोधी शरणमा आउने बातावरण बन्ला । काम गर्ने जोश जागर बढ्नेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । सामाजिक उत्तरदायित्व बढ्नेछ । मान सम्मान पाईनेछ । व्यापारमा व्यवसायबाट सामान्य लाभ होला ।

मिनः–समयमा विस्तारै सुधार आउने देखिन्छ । भ्रमबाट मुक्त हुनुहुनेछ । लेनदेन कारोवारमा सुधार आउनेछ । स्वास्थ्यम सुधार आउनेछ । धार्मिक यात्राको सम्भावना देखिन्छ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । धार्मिक विश्वास बढ्नेछ । उपकारी काम हुनेछन् । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । मान्यजनबाट सहयोग सहानुभूति मिल्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्