रेखाको सुझाव लालबाबुलाई कर्मचारी अध्यादेश सच्याउनोस्



दाङ । नेकपा नेतृ रेखा शर्मा पूर्वसामान्य प्रशासनमन्त्री हुन् । केपी शर्मा ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा शर्मा सामान्य प्रशासन मन्त्री थिइन् । अहिले लालबाबु पण्डितले यो मन्त्रालय सम्हालिराखेका छन् । र, कर्मचारी आन्दोलनको सामना गरिरहेका छन् ।

सामान्य प्रशासनमा लालबाबु पण्डितको पहिलो कार्यकाल सकिएलगत्तै मन्त्री बनेकी शर्मा आफूले गर्ने कामबारे सुझाव लिन पण्डितको घरैमा पुगेकी थिइन् । उनले डीभी, पीआर लिएका कर्मचारीहरुलाई सेवाबाट हटाउने पण्डितकै निर्णयलाई निरन्तरता मात्र दिइनन्, कर्मचारीको दोहोरो सुविधा अन्त्य, आधिकारिक ट्रेड युनियनको चुनाव, नियम विपरीतका सरुवा तथा काज रद्द लगायतका काम गरेर चर्चा कमाइन् ।

अहिले पुनः लालबाबु पण्डित सामान्य प्रशासन मन्त्री छन् र उनकै पहलमा आएको कर्मचारी समायोजन अध्यादेश विवादित बनिरहेको छ । यतिबेला भने पूर्वमन्त्री शर्माले लालबाबुलाई केही सुझावहरु दिन चाहेकी छिन् मिडियामार्फत ।संघीय प्रशासन संयन्त्र बनाउने कामको थालनीसमेत गरेकी पूर्वमन्त्री शर्माले भनिन्, ‘अहिलेको अध्यादेशमा कतिपय कुराहरु नमिल्दा छन्, त्यसैले सच्याउनुको विकल्प नै छैन ।’

हाल नेकपाकी सांसदसमेत रहेकी शर्माको धारणा अध्यादेशप्रति यस्तो छ –

अहिलेको अध्यादेशमा मुख्य गरी तीनवटा कुराहरु नमिल्दा छन् ।

पहिलो, कर्मचारीहरुको वृत्ति विकासको बाटो जाम भएको छ । दोस्रो, प्रदेशको मन्त्री मुख्यमन्त्रीले नियुक्त गर्ने तर त्यो मन्त्रालयको सचिव केन्द्र सरकारले नियुक्त गर्ने व्यवस्था संघीयताको मर्म विपरीत छ । तेस्रो, स्थानीय सेवा सञ्चालन ऐनले स्थानीय तहका कर्मचारीको व्यवस्थापन गरिसकेको सन्दर्भमा अध्यादेशमा फेरि स्थानीय तहका कर्मचारीको समायोजन गर्ने भनेर किचलो झिकिदिएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्