डर्बी खेलमा सन्दीपको एक विकेट



काठमाडौं : अस्ट्रेलियन बिग बास लिगअन्तर्गत मेलबर्न रेनेगेड्सविरुद्धको डर्बी खेलमा नेपाली स्पिन स्टार सन्दीप लामिछानेको टोली मेलबर्न स्टार्सले जित हात पारेको छ । स्टार्सले रेनेगेर्ड्सविरुद्ध सात विकेटको जित निकालेको हो ।

मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारी पहिले ब्याटिङ गरेको रेनेगेड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४८ रनको योगफल तय गरेको थियो ।  स्टार्सले जवाफमा १७.५ ओभरमै मात्रै तीन विकेट गुमाएर जित निश्चित गरेको हो । टोलीको जितमा मार्कस स्टोइनिसले ४९ बलमा अविजित ७८ रन जोडे भने उनले दुई विकेट समेत लिए । आफ्नो पालीमा चार छक्का र चार चौका प्रहार गरेका उनी म्यान अफ दी म्याचसमेत चुनिए ।

टोलीका लागि सन्दीपले पनि एक विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले ३१ रन खर्चंदै एक विकेट लिएका हुन् । यससँगै उनले प्रतियोगितामा मेलबर्न स्टार्सबाट चौथो खेलपछि समग्रमा आठ विकेट पुर्‍याएका छन् । उनी यससँगै बिग बास लिगमा मेलबर्न स्टार्सको बाँकी खेल छाडेर बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न बंगलादेश जानेछन् ।

यस क्रममा नेपाली राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)सँग एकदिवसीय र टीट्वेन्टी शृंखला खेल्ने तय भएकाले सन्दीप बीपीएल सिजन सकिनुअघि नै नेपाली टोलीमा समावेश हुनेछन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षण यही जनवरी ८ बाट सुरु हुने भएको छ ।

नेपालले यूएईसँग पहिलोपटक एकदिवसीय र टीट्वेन्टी शृंखला खेल्न लागेको हो । गत वर्षमात्रै पहिलोपटक एकदिवसीय टोलीको मान्यता सुरक्षित गरेको नेपालका लागि आईसीसीबाट मान्यता प्राप्त यो दोस्रो एकदिवसीय शृंखला हुनेछ । दुबईमा हुने दुवै शृंखला तीन÷तीन खेलको हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्