शरिरका विभिन्न समस्या हटाउन आफ्नो हातका अम्लाहरुलाई यसरी चलाउनुहोस्



स्तरेखा शास्त्र, जो ज्योतिष विद्याको एक ठूलो भाग हो । हस्तरेखा शास्त्रका अनुसार यो मानिन्छ कि हाम्रो हातको रेखाको भित्रै हाम्रो भाग्य कैद हुन्छ ।
तर के तपाईलाई थाहा छ भाग्यका साथै तपाईंको स्वास्थ्य पनि हातभित्रै लुकेको छ ?

मानव शरीर पाँच मूल तत्व जल, अग्नि, वायु, आकाश र जमिनबाट मिलेर बनेको हुन्छ । मानिन्छ कि यी पाँचै तत्व हाम्रो हातको औंलामा हुन्छन् ।
सुन्दा अचम्म लाग्ला, तर सत्य के हो भने हातको औंलामा पाँच तत्व भएका कारण विभिन्न हस्त मुद्राको सहयातबाट धेरै रोगको उपचार गर्न सकिन्छ ।
हातको मुद्राबाट तपाई यी रोगको उपचार गर्न सक्नुहुन्छ,

लगातार चलिरहेको टाउको दुखाइ होस् या जोर्नीहरुको दुखाइ, यस्ता कैयौं समस्या छन् । जसबाट तपाई केही दिनमै छुटकरा पाउन सक्नु हुन्छ । हस्त मुद्राले केही दिनमै आफ्नो असर देखाउन गर्छ । जानकारीका अनुसार जुन हातबाट तपाई मुद्रा बनाउनुहुन्छ उसको असर शरीरको विपरित भागमा देखिन्छ ।

ज्ञान मुद्रा
हातको पहिलो र बुढी औंलाको टुप्पोलाई स्पर्श गराउनुहोस् । बाँकी औंलालाई सीधा राख्ने कोशिश गर्नुहोस् । यदि तपाई आफ्नो स्मरण शक्ति तेज गर्न चाहनुहुन्छ भने यो मुद्रा तपाईका लागि लाभदायक हुन्छ । यसको अतिरिक्त टाउको दुख्ने समस्याबाट पनि छुटकरा पाइन्छ ।

वायु मुद्रा
ग्यास्ट्रिक, अपच आदि समस्याबाट छुटकरा पाउनका लागि यो मुद्रा लाभदायक हुन्छ । यसका लागि तपाईले आफ्नो चोर औंलालाई मोडेर बुढी औलासँग स्पर्श गराउनुपर्ने हुन्छ । चोर औंलालाई थोरै दबाउने र छोड्ने गर्नाले तपाईले ढाड दुख्ने समस्याबाट छुटकरा पाउन सक्नुहुन्छ ।

आकाश मुद्रा
मध्यम (माझी) औंलालाई बुढी औंलासँग स्पर्श गराउनुहोस् । बाँकी औंलालाई सीधा राख्नुहोस् । यो मुद्राबाट तपाई कान कम सुन्ने समस्याबाट छुटकरा पाउनसक्नुहुन्छ । यसका साथै मुटुसम्बन्धी रोगबाट पनि छुटकरा पाउन सकिन्छ । तपाई भोजन गरिरहेको समय र हिँडिरहेको समयमा यो मुद्रा गर्न सक्नुहुन्छ

शून्य मुद्रा
मध्यम(माझी) औंलालाई बुढी औंलाले दबाउनुहोस् । यदि तपाईलाई कान कम सुन्ने समस्या छ भने यो मुद्रा तपाईका लागि लाभदायक हुनसक्छ । यसको अतिरिक्त थायराइडको समस्याबाट परि राहत मिल्ने छ ।

पृथ्वी मुद्रा
तेस्रो औंलालाई बुढी औंलासँग जोडेर राख्नुहोस् । यो मुद्रा नियमित गर्दा शरीरमा उर्जा उत्पन्न हुन्छ । यदि तपाईलाई मानसिक रुपमा थकान महशुष हुन्छ भने यो मुद्रा तपाईका लागि लाभदायक हुन सक्छ ।

सूर्य मुद्रा
यो मुद्रामा पनि तेस्रो औंलालाई बुढी औलासँग मिलाएर हल्कासँग दवाउनुहोस् । यो मुद्राको मद्दतले तपाईको शारीरिक सन्तुलन कायम रहन्छ । यदि कोलेस्ट्रोलको समस्याबाट पीडित हुनुहुन्छ भने यो मुद्राबाट राहत मिल्नेछ । मधुमेह र मुटुसम्बन्धी रोगबाट पनि छुटकरा मिल्ने छ ।

वरुण मुद्रा
आफ्नो कान्छी औंलालाई बुढी औंलासँग मिलाएर राख्नुहोस् । छालासम्बन्धी रोग र रक्त विकारबाट छुटकरा पाउनका लागि यो मुद्रा अत्यन्त लाभदायक हुन्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्