सैघाली खबर,
काठमाडौँ, २३ साउन । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक ९भोलि० मंगलबार बस्ने भएको छ ।
प्रदेश नं २ मा आगामी असोज २ गते हुन लागेको स्थानीय तहको तेस्रोचरणको निर्वाचनका बारेमा छलफल गर्न मंगलबार बिहान ८ बजेका लागि बैठक बोलाइएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा वर्तमान मुलुकको समसामयिक राजनीतिक घटना क्रमको बारेमा समेत छलफल हुने पौडेलले बताउनुभयो । बैठकमा उपस्थितिका लागि सम्पूर्ण केन्द्रीय कार्यसमितिका सदस्यलाई आमन्त्रण गरिएको छ ।
![TopLine](https://thahaonline.com/wp-content/themes/saighali_khabar/img/thahaonline-logo.png)
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।