गृहमन्त्री शर्माद्वारा कुवेतबाट पाँचथरकी बिमलाको उद्धार



काठमाडौ, २३ साउन । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कुवेतबाट पाँचथरकी बिमला न्यौपानेको उद्धार गर्नु भएको छ । शर्मा गृहमन्त्री भएसँगै स्थापना गरिएको गुनासो व्यवस्थापन कक्षमा उजुरी परे पछि मन्त्री शर्माको निर्देशनमा बिमलाको उद्धार गरिएको थियो ।
करिब एक साता अघि उद्धार गरी नेपाल ल्याइएकी बिमला आफ्नो श्रिमान नविन शर्मासँग गृहमन्त्री शर्मालाई भेटन् मन्त्रालय आएकी थिइन ।
२०७३ चैत्रमा जोर्डन जान्का लागि अन्तर्वार्ता दिन काठमाडौं आएकी न्यौपानेलाई दलालले दिल्ली हुँदै कुवेत पु¥याएका थिए ।
आफुलाई शसस्त्र प्रहरीको पुर्व कर्मचारी बताउने भक्तबहादुर बिष्ट मार्फत कुवेत पुगेकी न्यौपानेले त्यहाँ दुःख पाएपछी उनका श्रीमान नविन शर्मा गृहमन्त्रालयको गुनासो कक्षमा पुगेका थिए ।
बिमलाका अनुसार भक्तबहादुर सहितको गिरोहले उनलाई दिल्लीमा केही दिन राखेर कुवेत पु¥याएका थिए ।
‘त्यहाँ मलाई एउटा घरमा राखियो, घरमालिकले मलाई १२ सयमा किनेको भन्दै उनीहरुले भने अनुसारका काम गर्न बाध्य बनाए’ बिमलाले भनिन, ‘त्यहाँ मलाई खान समेत नदिईकन कुटपिट गरियो ।’
बिमलाका अनुसार भक्तवहादुरको समुहले कुवेतमा कार्यालयनै खोलेको छ । एउटा घरमा दुई महिना काम गरेपछी भागेर एजेन्टको कार्यालयमा जाँदा आफुलाई अपशब्द बोलेर त्यहाँका कर्मचारीले गाली गर्दै फेरी अर्को घरमा काम गर्न पठाएको उनले पीडाकासाथ बताईन ।
गृहमन्त्री शर्माले अबैधानिक बाटोबाट विमलालाई कुवेत लैजाने दलालको खोजी गरिने र कारवाहीको दायरामा ल्याउने बताउनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्