बन्द कोईलाबास नाका



जनक नेपाली
दाङ । नेपाल भारत सिमा क्षेत्रमा रहेको एउटा वस्ती कोईलबास ।कुनै वेला हजारौं मानिसको भिडभाड, चहल पहलका साथै लाखौंको कारोवार हुने ठाँउ तर आज सुनसान छ, बिरानो मुलुक जस्तै छ । बस्तिका सबै संरचनाहरु जिर्ण बनेका छन ।पुरानो राप्ती अञ्चलको सदरमुकाम दाङलाई मानिन्छ ।परापूर्व कालदेखि नै राप्तीमात्रै होइन,मध्यपश्चिमका जुम्ला,सुर्खेत,कालिकोटलगायतका जिल्लाको मुख्यद्धार पनि दाङ नै बन्यो ।
कुनै समय राप्तीमा नून देखि सुन भित्त्रयाउने प्रमुख ढोका थियो दाङ । त्यो बेला देशकै प्रमुख भन्सार मध्यको एक दाङको कोइलावास अहिले बन्द छ ।कारण महेन्द्र राजमार्गको बिकास हो ।शान्ति प्रक्रियापछि दाङमा विकासका पूर्वाधारहरु धामाधम खडाहुन थाले । पर्यटनदेखि उद्योगधन्दा पूर्वाधारले जिल्लाको मुहार नै परिर्वतन ल्यायो ।

 


भारतीय सरकारको सहयोगमा निर्माण हुन थालेको यो सडकले भारतसँग सिधा व्यापार विस्तारमा मुख्य भूमिका खेल्ने स्थानीयहरु बताउँछन् । सडकको विकासले दाङ मात्रै होइन,प्रदेश नं. ५,६ र ७ का अन्य जिल्लाको विकासको आधारप्रमुख आधार समेत मानिन्छ । दाङसँगै जोडिएको पूर्वपश्चिम राजमार्गले यहाँको विकासमा अझ गति थपेको छ । त्यस्तै राप्ती राजमार्ग जसले रुकम, सल्यान,दाङ र बाँकेलाई सिधा जोड्न मदत गरेको छ ।
नुनदेखि सुन सम्मको किनबेच हुने कोईलाबास बजार अहिले भताभुङ भएपछि व्यापार व्यवसाय नै आरोलो लागेको स्थानीय सईदी सिद्धिकीले बताउँनुभयो । उहिले बजारमा हाट बजार लागे जस्तो हुन्थ्यो बजारभरी मान्छेको भिडभाडले खुट्टा टेक्ने सम्म ठाउँ पाउदैनथ्यौ सिद्धिकीले भन्नुभयो । बगरको होटल सम्म मान्छेले खचाखच भरिन्थ्यो सवारी साधन नहुदो घोडामा चढेर सामान किनमेल गर्न आउँथे अहिले सबै हरायो उहाँले भन्नुभयो । उहिले भन्सारमा दैनिक लाखौ रुपैयाँ संकलन हुने अबस्थामा अहिले मुस्किलले दिनको एक दुई हजार रुपैयाँ जम्मा हुन्छ सिद्धिकीले भन्नुभयो ।

कपिलवस्तुको कृष्णनगर नाका खुल्न अघि राप्तीका पाँचै जिल्लाका बासिन्दा भारत नुन ओसार्न यही नाका हुँदै आउजाउ गर्थे। बजारैभरि पक्की बिलिडङ ठडिएका थिए। सिद्धिकीले भन्नुहुन्छ बाटोमा मान्छेको भिडले हिँड्नै सकिन्नथ्यो, कत्राकत्रा घर थिए, कस्तो रहर लाग्दो थियो। पक्की भवन ढलेर खण्डहर बनेको छ कोइलाबास अहिले। सडक सुनसान छ। गर्जाे टार्ने पिरलो मात्र छ सबैलाई। स्थानीयबाहेकका व्यक्ति आक्कलझुक्कल भेटिन्छन्न उहाँले थप्नुभयो । कोइलाबासको पछिल्लो समय सबै स्थानीयको जीविकामा सकस थपेको छ। कमाइ गर्न वर्षाे अघि यहाँ आएकाहरू अहिले त्यहाँबाट उम्कन नसकेर पिरोलिएका छन्।
किन खस्कियो कोइलाबास?
सइद सिद्दिकी कोइलाबासका रैथाने हुन यहीँ जन्मिएका, हुर्किएका। पुरानो कोइलाबासको झकीझकाउ उनको आँखामा दृश्यझैं घुमिरहन्छ। नपुग्दो केही थिएन। त्यत्रो बजारमा रोजीरोजी काम गर्न पाइन्थ्यो। तर, आफ्नै भूमिको बाटोबाट गाडी चढेर सदरमुकाम उक्लन कहिल्यै पाएनन भन्नुयो । भारतीय बाटो प्रयोग गर्नुपथ्र्यो । कोइलाबास सुक्नुको कारण बाटो नहुनु हो। कोइलाबास देउखुरीको लमहीसँग २०२५ सालमै कच्चीबाटोले जोडिएको थियो। त्यहाँसम्मको दुरी ३३ किलोमिटर छ।
लमहीबाट पूर्व दक्षिणमा पर्ने कोइलाबास पुग्न आधाभन्दा बढी दुरी पहाड काट्नुपर्छ। कृष्णनगर नाका खुल्यो । यो नाकाबाट धमाधम गाडी चल्न सुरु गरे। भारत जाउआउ गर्नेहरू त्यही नाका प्रयोग गर्न थाले। कोइलाबास सुनसान बन्दै गयो। यात्रुको भिड घटेपछि व्यापार चौपट भयो। स्थानीय व्यापारी कोइलाबास छाडेर अन्यत्र लागे। उपाय नरहेकाहरू मात्रै त्यहाँ फसे। कोइलाबासमा मात्रै २०४० अघिसम्म २० हजार बढीको जनसंख्या थियो, अहिले जम्मा ५ सय। कोईलावासको विकास गर्न सरकारले सडक कालोपत्रेको कामलाई अगाडी बढाएको छ । झण्डै आधाकाम सकिएको छ कोईलवास सडकको विकास हुन्छकी भन्ने आशमा स्थानीयहरु बसेका छन् ।

कोईलावास संगै दाङ – सुर्खेत जोड्ने सडक पनि बन्यो भने विकासको गतिमा दाङ अझैँ अगाडी दौडिने देखिन्छ ।सभामुख कृष्णबहादुर महरा भन्नुहुन्छ सडकको पूर्ण विकास भयो भने दाङलाई औद्योगिक हबका रुपमा पनि विकास गर्न सकिन्छ ।अनि विकास र संमृद्धिको अर्काे आधार तयार हुन्छ । दाङमा धार्मिक, सांस्कृति पर्यटनको प्रशस्तै सम्भाबना छ सभामुख बताउँनु हुन्छ ।दाङबाटै सिधा सडक मार्ग हुँदै प्यूठानको स्वर्गद्वारी पुगिन्छ । जिल्लामा पनि पौराणिक विरासत बोकेका थुप्रै धार्मिक स्थल छन । तिनीहरुको मात्रै पनि गुरुयोजना अनुसार विकास गर्न सकियो भने विकासले अझ धेरै फड्को मार्ने सभामुखको तर्फछ ।
दाङको सवारीकोटमा प्यारा ग्लाइडिङको सफल परीक्षण भइसकेको छ ।सवारीकोट लगायत समथल फेदी भएका अग्ला डाँडाहरुमा पनि यसको सम्भावना उत्तिकै देखिन्छ । राप्ती नदी र्याफ्टिङका लागि उत्तम छ ।माडीको पानीलाई डाइभर्सन गरेर ग्वार खोलामा मिसाए त्यसबाट विजुली निकाल्न सकिने भएका कारण दाङ समृद्ध बनाउँन सकिने महराको भनाई छ। सुख्खा भइ प्लटिङको पर्खाइमा रहेका ।हजारौँ विगाह जमिनले सिँचाई पाउँछ र,अन्नको उब्जनी बढ्छ, जसले संमृद्धि बढाउँछ ।दाङ देखि प्यूठानको स्वर्गद्धारीसम्म केबुलकार जोड्न सकेको खण्डमा यो जिल्ला समृद्धिको वाटोमा लम्कने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्