अचम्मका कुरा

प्रेमीको हत्या गरेर मासुको परिकार बनाई साथीलाई खुवाएपछि…

By थाहा अनलाइन

January 02, 2019

यूएईमा मोरक्कोकी एक महिलाले आफ्ना प्रेमीको हत्या गरेर पकाएर पाकिस्तानी कामदारलाई मासु खुवाएको खुलासा भएको छ । बीबीसीले जनाएअनुसार उनले आफ्ना प्रेमीको हत्या तीन महिनाअघि नै हत्या गरेकी हुन् ।

तर घटनाका बारेमा भर्खरै पत्ता लागेको हो । उनको घरमा रहेको मिक्सरमा मान्छेको दाँत भेटिएपछि घटनाको रहस्य खुलेको हो । ती महिलाले प्रहरीसामु आफूले ‘पागलपनको अवस्था’ मा प्रेमीको हत्या गरेको बताएकी छिन् ।

३० वर्षीया ती महिलालाई प्रहरीले पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेको छ । हत्या गरिएका युवकसँग ती महिलाको ७ वर्षदेखि सम्बन्ध रहेको यूएईको पत्रिका द नेसनलले जनाएको छ ।

युवकले अर्कै युवतीसँग विवाह गर्ने योजना सुनाएपछि आफूले हत्या गरेको ती युवतीले प्रहरीसामु बयान दिएकी छिन् । उनको हत्या कसरी भयो भन्ने बारेमा केही पत्ता नलागे पनि उनको शरीरको भागलाई परम्परागत मासुको परिकार बनाएर पाकिस्तानी कामदारलाई दिएको भने खुल्न गएको छ ।

युवकका दाजु ओमानसँग जोडिएको सीमावर्ती सहर अल ऐनमा रहेको आफ्नो घरमा खोज्न गएपछि मात्रै घटनाका बारेमा पत्ता लागेको हो । ती युवतीको घरमा भेटिएको दाँतको डीएनए परीक्षण गरेपछि मात्रै युवकको हत्या भएको पुष्टि भएको हो ।