अक्सफोर्टशायर। इङल्याण्डमा निकै विचित्र घटना सार्वजनिक भएको छ । यहाँ एक महिलाको घरमा अर्डर नै नगरिएका सामान अनलाइन सपिङ स्टोरबाट आउन थाले । महिलाले यो सब कसरी भइरहेको छ बुझ्न सकिरहेकी थिइनन् । उनले जब यसको रहस्य खोज्दै गइन् तब निकै आश्चर्यजनक खुलासा भयो । सुरुमा त उनलाई यो कुरा विश्वास लागेकै थिएन तर आफ्नै आँखाले देखेपछि उनी दंग परिन् । यी सब सामान ती महिलाले घरमा पालेको सुगाले अर्डर गरेको थियो ।
रोको नामको यो अफ्रिकी प्रजातीको सुगाले आफ्नी मालिक्नीको आवान दुरुस्तै निकाल्न सक्छ । उसले आफ्नो मालिक्नीको अलाइन सपिङ गर्ने डिभाइसबाट यी सबै अर्डर गर्ने गरेको थियो । महिलाको अनलाइनन सपिङ डिभाइस उनको आवाजको कमाण्डबाट चल्छ र उनको आवाजमा जे अर्डर गर्यो त्यो अनलाइन सपिङ स्टोरले घरमा पठाइदिन्छ । सुगाले आफूलाई खान मन पर्ने कुराहरु अनलाइनबाट अर्डर गर्ने गर्छ ।
अक्सफोर्डशायरको ब्लेब्यूरीमा बस्ने ४९ वर्षकी मेरियन विस्चनवेस्की आफ्नो सुगाको अनलाइन सपिङ गर्ने बानीबाट हैरान भएकी छिन् । सुगाले अलाइनबाट सामान अर्डर गर्नुका साथै एलेक्सा सपिङ डिभाइसबाट गीत र जोक्स समेत सुन्छ । सुगाको हर्कत देखेपछि महिलाले अहिले एलेक्साबाट सपिङ गर्न केही कडाइ समेत गरेकी छिन् । रोकोले एलेक्सा डिभाइसबाट अनलाइन सपिङ कम्पनी अमेजनमा स्ट्रबेरी आइसक्रिम समेत अर्डर गरेको थियो ।
यो सुगा पहिले बर्कशायरको नेशनल एनिमल वेलफेयर ट्रस्टमा थियो । त्यहाँ बढी बोलेका कारण उसलाई निकालिएको थियो त्यसपछि त्यहीँ काम गर्ने मेरियनले उसलाई आफूसँग ल्याएकी थिइन् । मेरियनको घरमै सुगाले सबैथोक सिक्यो । रोकोले अहिलेसम्म आफूलाई मन पर्ने कैयौं फल, तरकारी, आइसक्रिम, झिलिमिली बत्ती र चंगासमेत मगाइसकेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।