ट्रेन्डिंङ एकमा ‘मिस्टर झोले’



गत साल प्रदर्शनमा आएको फिल्म मिस्टर झोले युटुवमा अपलोड भएको छ । नयाँ अंग्रेजी वर्षको अवसर पारेर यो कमेडी फिल्मलाई आइतबार विश्वभरका दर्शकमाझ सार्वजनिक गरिएको हो ।

रामबाबु गुरुंग निर्देशित फिल्म मिस्टर झोले मा दयाहांग राई, दिया पुन, बर्षा राउत, पुष्कर गुरुंग, बुद्धि तामांग, प्रविण खतिवडा, बिजय बराल, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा लगायतको अभिनय रहेको छ ।

फिल्मलाई सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनले बनाएको हो । मिस्टर झोलेले प्रदर्शनमा दर्शकको साथ राम्रै पाएको थियो भने युटुवमा बुधवार यो समाचार तयार पार्दा सम्म करिब २० लाख दर्शकले हेरिसकेका छन् । । नेपाल ट्रेन्डिंङ एक नम्वरमा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्