नेपाली बजारमा आज (बुधबार) पनि अमेरिकी डलरको भाउ घटेको छ। मंगलबार २७ पैसाले घटेको अमेरिकी डलरको भाउ आज पनि ५२ पैसाले घटेको हो।
नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १० रुपैयाँ ८२ पैसा छ भने विक्रिदर मूल्य १ सय ११ रुपैयाँ ४२ पैसा छ।
त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २६ रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ९६ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४१ रुपैयाँ १९ पैसा छ भने बिक्रिदर १४१ रुपैयाँ ९५ पैसा छ।
एक साउदी रियालको खरिददर २९ रुपैयाँ ५४ पैसा छ भने बिक्रिदर २९ रुपैयाँ ७० पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ४४ पैसा छ भने विक्रिदर ३० रुपैयाँ ६० पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।