शिक्षाशास्त्र संकायमा लिना सर्वाेत्कृष्ट छात्रा



रीदेन महर्जन,
काठमाडौं । जनमैत्री बहुमुखी क्याम्पसबाट स्नातक तह पुरागरेकी छात्रा लिना महर्जनले त्रिभुवन विश्वविद्यालयको ४४ औं दीक्षान्त समारोहमा शिक्षाशास्त्र संकाय (आई.सी.टी) तर्फ सर्वाेत्कृष्ट पुरस्कार प्राप्त गरेकी छिन् ।

 

पौस १६ गते पुलचोक इन्जिनेरिङ्ग कलेजको खेल मौदामा भएको दीक्षान्त समारोहमा सर्वाेत्कृष्ट प्राप्ताङ्क प्राप्त गरी ‘सुशीलादेवी शर्मा पुरस्कार’बाट पुरस्कृत भएकी हुन् ।

उनले गत २०७३ सालमा जनमैत्री बहुमुखी क्याम्पसबाट ७२.६० प्रतिशत प्राप्ताङ्क ल्याएर आफ्नो स्नातक तहको पढाइ पुरा गरेकी हुन् । त्रिविले प्रत्येक वर्ष शिक्षाशास्त्र संकाय अन्तर्गत उत्कृष्ट प्राप्ताङ्क प्राप्त गर्ने छात्रालाई ‘सुशीलादेवी शर्मा पुरस्कार’ प्रदान गर्दै आएको छ ।

कीर्तिपुरकी लिना ब्याचलर अफ इन्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी (बि. आइ.सिटी) विषयमा नेपालभरि मै सर्वोकृष्टकीर्तिपुरकी लिना ब्याचलर अफ इन्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी (बि. आइ.सिटी) विषयमा नेपालभरि मै सर्वोकृष्टकीर्तिपुरकी चेली ब्याचलर अफ इन्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी (बि. आइ.सिटी) बिषयमा नेपाल भरिमै उत्कृष्ट अङ्क ल्याइ सर्वोकृट हुन सफल भएकी छिन् ।

कीर्तिपुरस्थित वडा नं. १० तुंझो टोलमा भिमकुमारी महर्जन र लिलेन्द्र महर्जनको कोखबाट वि.सं. २०५१ सालमा चैत २ गते जन्मेकी लिनो महर्जनले  ब्याचलर अफ इन्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी (बि. आइ.सिटी) वि.स. २०७५ सालमा ७२.२९ प्रतिशत ल्याएर सर्वोकृष्ट हुन सफल भएकी छिन् । काठमाडौंको  कुलेश्वरस्थित जनमैत्री बहुमुखी क्याम्पसमा २०७० सालमा अध्ययन गरेकी महर्जनले गत पौष १६ गते ललितपुरको पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, खेलकूद मैदानमा त्रिभुवन विश्वविद्यालयको ४४ औं दीक्षान्त समारोहमा निवर्तमान प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओलीको हातबाट ‘सुशिला देवी शर्मा पुरस्कार–२०७५’ ग्रहण गर्नु भएको थियो ।

 वि.सं. २०७४ सालमै उत्कृष्ट भएतापनि ढिलो रिजल्ट प्रकाशित हुनुका साथै अलवा वि.सं. २०७५ सालको त्रि.वि. ४४ औं दीक्षान्त समारोहका लागि सर्वोकृष्ट विषयमा सबैपूर्ण विद्यार्थीहरुको नाम लिष्ट निकाल्ने बेलामा उहाँको मात्रै नाम कारणवश छुटेको पाइए पछि त्रि.वि. परिक्षा नियन्त्रण कार्यालय, बल्खु प्रशासनले भुलचुक सुधार गरेर ब्याचलर अफ इन्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी (बि. आइ.सिटी) बिषयमा नेपाल भरि नै महर्जनले सर्वोकृष्ट स्थान हासिल भएको घोषित भएको उनले बताउनु भयो ।

उनले भने ‘शिक्षा जस्तो क्षेत्रमा यस्तो लार्पवाही हुनु आम विद्यार्थीको भविष्य खेलबाद गरेको सरह भयो यस्तो लार्पवाही गर्न नहुने, नेपालको शिक्षा क्षेत्रको गुणस्तरमा ह्रासका साथैं धाधँली हुने सम्भावना प्रवल हुनुका साथै मिहेनती, लग्नशील विद्यार्थी ओझेलमा पर्ने हुँदा आउँदा दिनमा यस्ता गल्ती कमी कमजोरीहरुसुधार गर्दै जानु पर्ने बताउनु भयो ।’   यो बर्ष महिलाहरुको समुहमा स्वर्ण पदक मात्र नभइ नेपाल भरिमै सर्वाेकृष्ट  भएकोमा  उनले यसै क्षेत्रका विद्यार्थीहरुको विकासका लागि पाठ्यव्रmम सुधार गर्ने जाँच प्रणाली सुधार गर्ने  योजना रहेको छ ।

उनले भनिन “आफुलाई नेपालका दुर्गम गाँउ गाँउमा आइटी टेकनोलोजीको क्षेत्रमा जीवन समर्पन  गर्ने विशेष  योजना रहेको छ ।” विगत लगभग एकदुर्ई  देखि नैकाप स्थित कन्काली माध्यमिक विद्यालयमा माध्यमिक तह कम्प्युटर विषयको शिशिकाको रुपमा कार्यरत  महर्जन सानै उमेर देखि पढाइमा तिक्ष्ण स्वभावकी विद्यार्थी थिइन उनले कक्षा एकदेखि दश कक्षासम्म  कीर्तिपुर वडा नंं १  स्थित बाघभैरव मन्दिरमा रहेको   हिलटाउन इन्टर नेशनल स्कुल अध्ययन गरेका थिए भने ललितपुरको विश्व भारती कलेजबाट वि.स. २०६९ प्लस टु पास गरेकी हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्