आफ्नो औँलाको नङ हेरेर पत्ता लगाउनुहोस् , तपाँइ कति बुद्धिमान र धनवान बन्नुहुनेछ !



हातको रेखा हेरेर भविष्यवाणी गर्ने त तपाईले सुन्नु भएकै होला तर हातको नङ हेरेर आर्थिक स्थिति पत्ता लगाउने कुरा सायद पहिलो पटक पढ्नु भएको होला । हजुर नङको आकार र रंगबाट तपाईको आर्थिक स्थिति र स्वभाव पत्ता लगाउन सकिन्छ । गरुड पुराण अनुसार जसको नङ पहेलो हुन्छ त्यो मानिस नपुंसक हुन्छ ।

जसको नङमा धब्बा र हेर्दा राम्रो देखिदैन यस्तो व्यक्ति जीवनमा धेरै उन्नति गर्न सक्दैनन्, यिनीहरुको आर्थिक स्थिति सामान्य हुने गर्छ । नङ टेढोमेढो र रेखा युक्त छ भने आर्थिक दृष्टिबाट प्रातिकुल स्थिति दर्शाउने गर्छ ।

जसको नङ रेखा, धब्बा रहित र राम्रो छ भने उनीहरु धनवान् हुने गर्छ । यदी कसैको नङ बीच भागबाट उठेको छ भने उनीहरु जीवनमा संघर्ष गर्नेको संकेत मानिन्छ । पुरुषहरुको नङ गोलो आकारको छ भने आर्थिक समृद्धिको सुचक मानिन्छ र यस्तो व्यक्ति दिन प्रति दिन नै उन्नति तर्फ अग्रसर हुन्छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्