आकाशले पनि सम्हाल्ने भए पूजाको मन



सुर्दशन थापाको निर्देशन र कथा लेखन रहने फिल्म ‘सम्हालिन्छ कहिले मन’ मा नायक आकाश श्रेष्ठ औपचारिक रुपमा फाइनल भएका छन् । सुदर्शनले फिल्ममा आकाश अनुबन्धित भएको जानकारी दिएका हुन् ।

अब ‘सम्हालिन्छ कहिले मन’ मा पूजा, आकाश र सोनम तोप्देनको मुख्य भूमिका रहेनछ । त्रिकोणात्मक लभ स्टोरी फिल्म भएको हुदाँ अर्का नायक को रहने भन्ने चर्चा लामो समयदेखि चलेको थियो ।

आकाशले ‘सम्हालिन्छ कहिले मन’ का लागि मंहगो पारिश्रमिक समेत लिएका छन् । निर्देशक सुदर्शन थापाका अनुसार आकाशलाई दश लाख पारिश्रमिक रकम दिइएको छ ।

यहि वर्ष रिलिज भएको फिल्म ‘रामकहानी’मा आकाश र पुजाको जोडिलाई दर्शकले निकै रुचाएका थिए । रामकहानीलाई सुर्दशन थापाले निर्देशन गरेका थिए । सुदर्शन र पूजाको आकाशसँग दोश्रो सहकार्य हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्