अचम्मको मन्दिर ! जहाँ अमिताभ बच्चनको जुत्ताको पुजा गरिन्छ



भारतीयहरू आफ्ना फिल्मस्टारलाई देउताजत्तिकै सम्मान गर्छन् । महानायक अमिताभ बच्चनप्रतिको भारतीयहरूको प्रेम पनि जुनूनकै हदमा पुग्ने गर्छ ।

कोलकाताको श्रीधर रोडमा अमिताभ बच्चनको एक मन्दिर छ । त्यहाँ धेरै मानिसहरू पुग्छन् । अमिताभका प्रशंसक सञ्जय पटौडियाले १६ वर्षअघि बनाएका थिए । शुरूमा अमिताभको एक तस्वीर मात्र थियो । तर पछि दुई कोठामा मन्दिर बनाइयो । अमिताभको भव्य मूर्ति पनि बनाइएको छ ।

यो मन्दिरमा अमिताभको जुत्ताको समेत पूजा हुन्छ । अनि उनको नौ पृष्ठको चालीसा पनि वाचन हुन्छ । अनि मानिसलाई प्रसाद पनि बाँडिन्छ ।

अमिताभले अग्निपथ फिल्ममा लगाएको जुत्ता त्यहाँ पूजा हुन्छ । अनि अमिताभ बसेको कुर्सी अक्स फिल्ममा प्रयोग गरिएको थियो ।

फिल्म स्टार दिया मिर्जा पनि यो मन्दिरमा आइसकेकी छन् । उनले त्यहाँ पुगेर अमिताभको आराधना समेत गरेकी छन् । अमिताभ यो मन्दिरका बारेमा थाहा पाएपछि भावुक भएका छन् ।एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्