डाक्टरले दुई युवकको पेटबाट निकाले टुथब्रश, निकै रोचक छ ब्रश पेटमा पुग्नुको कहानी



नयाँ दिल्ली। दिल्लीको एम्स अस्पतालका डाक्टरहरुलेअपरेशन गरेर २ जना युवकको पेटभित्रबाट दाँत माझ्ने ब्रश निकालेका छन् । ती दुई युवकले डाक्टरलाई टुथब्रश पेटमा पुग्नुको कारण बताउँदा डाक्टर नै दंग परेका थिए ।

टुथब्रश पेटमा पुगेर गम्भीर अवस्थामा पुगेका ती दुई युवकको अवस्था अहिले खतरामुक्त रहेको भारतीय मिडिया दैनिक जागरणले आफ्नो अनलाइनमा लेखेको छ ।

समाचारमा जनाइएअनुसार एक बाबाका कारण उनीहरुको पेटमा टुथब्रश पुगेको थियो । बाबाको सल्लाहअनुसार ती दुई युवकले आफ्नो घाँटी भित्रसम्म ब्रशले सफा गरेका थिए । आफ्नो पेट खराब भएको भन्न्दै बाबाकहाँ पुगेका ती युवकलाई बाबाले यसरी ब्रशले सफा गर्ने सल्लाह दिएका थिए ।

 

बाबाको कुरा मानेर ती युवकले केही दिन यसैगरी घाँटीसम्म सफा गरे तर एक दिन अचानक ब्रश हातबाट चिप्लेर पेटमा पुग्यो । त्यसपछि उनीहरुको हालत निकै बिग्रियो र पेट फुट्नेसम्मको अवस्था आयो ।

गम्भीर अवस्थामा उनीहरुलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरियो जहाँ डाक्टरले इण्डोस्कोपी गरेर दुवैको पेटबाट ब्रश निकाले । यी दुवैलाई एकैपटक नभइ दुई महिनाको फरकमा अस्पताल ल्याइएको थियो तर दुवैको समस्या भने एउटै थियो ।

उत्तर प्रदेशको आगराका गौरव नामका युवकलाई अक्टोबर र दिल्लीका आबिद नामका युवकलाई डिसेम्बरमा पेटभित्र दाँत माझ्ने ब्रस छिरेको उस्तै किसिमको समस्यासहित अस्पतालमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ । यी दुवैलाई यस्तो सल्लाह दिने बाबा भने एउटै भएको र बाबालाई पक्राउ गरिएको समाचारमा जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्