प्रतिष्ठानलाई शुल्कबृद्धि फिर्ता लिन घोराही उप–महानगरपालिका द्धारा आग्रह



दाङ।घोराही उप–महानगरपालिकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई शुल्कवृद्धि तत्काल फिर्ता लिन आग्रह गरेको छ । घोराही उप–महानगरपालिकाका कार्यवहाक प्रमुख सिता न्यौपानेको अध्यक्षमा बसेको बैठकले निर्णय फिर्ता लिन आग्रह गरेको हो ।

स्वास्थ्य सेवालाई नेपालको संविधानले मौलिक अधिकार स्थापित गरेको सन्दर्भमा निशुल्क स्वास्थ्य सेवा कार्यक्रम प्रभावित हुने गरि गरेको शुल्कबृद्धि उप–महानगरपालिकालाई मान्य नहुने वताउँनुभयो ।सिनेटको निर्णय बिना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको शुल्क बृद्धिको निर्णय फिर्ता गरी अनुदानको व्यवस्थापन अनुरोध गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्