शुल्क बृद्धि तत्काल फिर्ता लिन सभामुखको आग्रह



दाङ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो सेवा शुल्क बढाएकोे प्रति सभामुख कृष्णबहादुर महराले आपत्ति जनाएका छन् । सभामुख महराले भने, ‘जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने ठाउँमा चर्को शुल्क बढाएको प्रति म आपत्ति व्यक्त गर्दछु ।’ सर्वसुलभ स्वास्थ्य सेवा पाउनु आम नागरीकको अधिकार भएको उल्लेख गर्दै उनले प्रतिष्ठान नेतृत्वलाई यस विषयमा सचेत रहन आग्रह गरे ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अभियन्ता समेत रहेका महरा दाङ निर्वाचन क्षेत्र नं २ का निर्वाचित जनप्रतिनिधि समेत हुन् । प्रतिष्ठान दाङबासीको चाहना भएकाले जनतालाई नै अप्ठेरो पर्ने गरी शुल्क बृद्धि गर्न नहुने उनको भनाई छ ।‘हामीले जतिसक्दो कम शुल्कमा जनताको स्वास्थ्य उपचार गर्नुपर्छ, तर एक्कासी प्रतिष्ठानले हाल कायम भएको शुल्क अत्याधिक बढाउँदा जनताहरु दुखित भएका छन्,’ महराले भने । प्रतिष्ठानको बढेको शुल्क घटाउनेतर्फ सबै सचेत भएर लाग्नुपर्ने उनको भनाई छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस अघि प्रदान गर्दै आएको सेवाभा भारी शुल्क बृद्धि गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्