‘प्रयोग विहिन जेब्रा क्रस ’



गिरिराज नेपाली
दाङ २२ ,साउन

घोराही बजार क्षेत्रमा सवारी दुर्घटना र पंैदलयात्रुहरुको सुरक्षित आवतजावत लाई निर्माण गरिएका जेब्राक्रसहरु नाममा मात्रै सिमित वन्ने गरेका छन । एक वर्षअघि वनाएका जेब्राक्रसहरु संकेतका नाममा मात्रै देखिन्छन । पानी र हिलोले मेटिदै गईरहेका छन । भने सर्वसाधरणहरुले अझै त्यसको प्रयोग गर्न जानेका छैनन ।

ट्राफिक दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले बनाएका जेब्रा क्रस प्रयोगन विहिन वनेको छन । पैदल यात्रुहरुको आवतजावतका लागि वनाएको जेब्राक्रस प्रयोग विहिन वन्दा पैदलयात्रुहरु जथाभावी वाडो क्रस गर्ने गरेका छन । भने दुर्घटनाको जोखिम समेत पर्ने गरेका छन ।
घोराही बजारमा क्षेत्रमा वनाएका ३ स्थानका ज्रेवाक्रसहरु प्रयोगमा आउन नसक्दा घोराही क्षेत्रको सुन्दरता र सडक मर्यादा गुमेको स्थानियहरु वताउछन । घोराहीका स्थानिय युवा समाजसेवी तथा त्रिभुवननगर जेसिजका निवर्तमान कार्यकारी उपाध्यक्ष सनत गिरीले बनाएका जेब्राक्रस प्रयोगमा आउन नसक्दा पैदलयात्रुहरु निकै सास्ती र जोखिम मोल्नु परेको वताए । ‘बनाएका र राखिएका क्रसिङ संकेतहरु मेटिन लाग्दा पैदलयात्रुहरु ध्यान क्रसिङ चिह्नमा नपुग्न सकेको छैन । कार्यन्वयन पक्षले पनि त्यसवारे ध्यान नदिदा पैदलयात्रुहरु अनविज्ञ वनेको छन । गाँउवाट किनमेल वा अन्य कुनै काम विशेष बजार आएका सर्वसाधरणहरु त्यस वारे कुनै ख्याल गर्दैनन ।

जसका कारण सडक वारपार गर्दा जोखिम मोल्नु परेको छ । ट्राफिक सचेतनाको अभावका कारण सर्वसाधरण नागरिकहरु जेब्राक्रस प्रयोग नगरी सडक वारपार गर्दा जेब्राक्रसको उपयोगिता र अस्तित्व नै गुमिरहेको उनले वताए । ट्राफिक व्यावस्थापनमा खटिएका ट्राफिक प्रहरी र सुरक्षाका चोक–चोकमा खटिएका जनपथ प्रहरीले नियमित रुपमा जेब्राक्रस वारे सर्वसाधरण नागरिकहरु लाई सचेत वनाउने हो भन्ने सडक अस्तव्यस्ताको समस्या हल हुने सक्ने उनले वताए । सडक अस्तव्यस्ताले कुरुप वन्दै गईरहेको घोराही क्षेत्र सुन्दर र व्यवस्थित गराउने पनि सकिन्छ ।

चार्डपर्व सुरु भए संगै बजार भिडभाड देखिन समेत सुरु गरेको छ । वढ्दो सवारी साधनको चाप , साँधुरो सडक , अस्तव्यस्त पैदलयात्री , अवस्थित पार्किङ र जथाभावी सडक वारपारले घोराही क्षेत्रमा सडक दुर्घटनाको जोखिम वढ्दो देखिएको छ । सम्वन्धीत नियमकारी निकायहरुले सडक व्यावस्थापनको लागि ध्यान पु¥याउन नसक्दा यस्तो समस्या चुलिदै गईरहेको गिरी वताउछन । विहान १०÷११ र वेलका ३÷४ वजे स्कुले विद्यार्थी र सर्वसाधरणहरुको भिडभाडले सडक वारपार गर्ने समस्या वनेका छ । भने विद्यार्थी र सर्वसाधरण नागरिकहरुले जथाभावीहरु रुपमा सडक वारपार गर्ने गरेको हुन्छन । ट्राफिक व्यावस्थापन र पैदलयात्रुहरुको सुरक्षित आवता–जावतका लागि बनाएको जेब्राक्रस ट्राफिक सचेतनाको अभावका कारण प्रयोग विहिन वनेको छ । गिरीले भने देख्दा सामान्य छ । जेब्राक्रस प्रयोगमा आउन सक्ने हो भने , बजारको सुन्दरता र सडक मर्यादा लागि ह्वात्तै वढाउन सक्छ । तर यसका लागि सम्वन्धीत नियमनकारी निकाय र सर्वसाधरणहरु जागरुक हुने पर्छ । जसका लागि सवै सर्वसाधरण लागि ट्राफिक सचेतनाका वारे सजक र जागरुक वनाउने आवश्यक छ ।

जिल्ला ट्राफिक कार्यालय दाङले सम्व्न्धीत व्यक्ति लापरवाहीका कारण जेब्राक्रस प्रयोगमा आउन नसकेको आरोप लगाएको छ । बाटो वारपार गर्दा दिएको संकेतहरुको ख्याल नगरी वारपार गर्दा घोराही बजारको मेन–मेनचोकहरुमा दुर्घटनाको जोखिम वढ्दो रहेको वताएको छ । ट्राफिक प्रमुख ओमप्रकाश वाग्लेका अनुसार १ वर्ष अघि घोराही बजारको अति व्यस्त चोकहरु तुलसीपुर , दामोदर चोक र दिपशिखा चोकमा ट्राफिक व्यावस्थापन र पैदलयात्रुहरुको सुरक्षित आवतजावतका लागि बनाए पनि त्यस वारे सर्वसाधरण नागरिकहरु ख्याल नपु¥याउदा यस्तो समस्या वढ्दै गईरहेको उनले वताए । विभिन्न समयमा भएका ट्राफिक सचेतना संगै जेब्राक्रसको प्रयोग वारे पनि सचेतनाको फैलाएको छौ । तर व्यक्तिहरुले त्यस लाई व्यावहारिक रुपमा प्रयोगमा ल्याउन नसक्दा समस्या देखिएको उनले वताए । उनले भने नियमित रुपमा जेब्राक्रसको प्रयोगका लागि जनशक्ति व्यवस्थापन गरी कार्यन्वयनमा समेत ल्याउन सकिएको छैन । जस कारण पनि सर्वसाधरणहरुले जथाभावी सडक वारपार गर्ने गरेको स्वीकार गरे । उनले भने संघसंस्था , समुदाय र व्यक्तिहरुको साझा सहकार्य वाट यस लाई उपयोगी वनाउन सकिने वताए । जसका लागि सहकार्यको प्रयास समेत भई रहेको छ । तर प्रयासले अझै सार्थकता पुर्ण सार्थकता जेब्राक्रस प्रयोगका लागि पाउन नसकेको उनले वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्