प्रतिष्ठानका डाक्टर फिर्ता जाने तयारी



दाङ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर फिर्ता जाने तयारी गरेका छन् ।प्रतिष्ठानमा आएका डाक्टर एक महिना नपुग्दै फिर्ता जाने तयारी गरेका हुन ।प्रतिष्ठानका उप–कुलपति संगिता भण्डारीले अस्पतालमा कार्यरत डाक्टरलाई आवास सुविधा दिने भन्दै ल्याएकी थिईन । उप–कुलपतिले कार्यरत डाक्टरहरुलाई आवास सुविधा नदिएपछि फिर्ता हुन लागेको उनिहरुले वताएका छन् ।

उप–कुलपतिले पछिल्लो समय व्यवास्था गर्न छाडेपछि आफुहरु बिचल्लीमा परेको उनीहरुको भनाई छ ।बस्ने आवास नहुदा प्रतिष्ठानमा कार्यरत डाक्टर निकै समस्याका परेको उनिहरुले बताएका छन् । एउटै कोठामा तीन/चार जना डाक्टर कोचाकोच गरेर बस्नु पर्नेे बाध्यता रहेको भन्दै तत्काल कार्यरत डाक्टरलाई आवास व्यवस्थापन गर्न माग प्रतिष्ठान प्रशासनले मागसंग माग गरेका छन । प्रतिष्ठानका उप–कुलपतिले नै बिचल्ली पारेको भन्दै आफ्ना माग पुरा नगरे अस्पताल छोडेर हिड्ने चेतावनी समेत दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्