मनोरञ्जन

१० करोडको लगानीमा दाङमा अन्तर्राष्ट्रिय मापदण्डको मल्टि पेलेक्स सिनेमाहल

By थाहा अनलाइन

January 03, 2019

बिष्णुकुमार देवकोटा। दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नं ८ सौंडिकुलामा अन्तर्राष्ट्रिय मापदण्डको मल्टिप्लेक्स सिनेमाहल संन्चालनमा आउने भएको छ । करीब १० करोडको लगानिमा संचालनमा आउनलागेको सुबिधासम्पन्न मल्टिप्लेक्स सिनेमाहल आँउदो दशै सम्म संचालनमा आउने फाउन्डर यादव सिंह के।सि।ले जानकारी दिनुभयो ।

बर्तमान समयमा मानिसहरु प्रकृतितर्फ फर्किरहेको परिस्थितिमा प्रकृति संग रमाउन चाहने हरुका लागि ग्रामिण भेगको स्वाद सहित सिनेमाहल संचालनमाा ल्याउन लागिएको सेयर सदस्य बिजय रावतले जानकारी दिनुभयो ।

४सय दर्शकहरु अटाउने १६ कट्ठा क्षेत्रफलमा निर्माणाधिन भवन मल्टिस्क्रीन हुने रावतको भनाई छ ।यादव सिंह के.सी, चेतन जंग राना र बिजय रावत गरी्र तिनजना युवा उद्यमिहरुको संयुक्त लगानिमा सिनेमाहल संचालनमा आउन लागेको हो