आर्थिक

सुनको मूल्य बढ्यो

By थाहा अनलाइन

January 03, 2019

आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ। बुधबारको तुलनामा आज सुनको मूल्य ८ सय रुपैयाँले बढेको हो।

हिजो प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ६० हजार ४ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै हिजो प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रतितोला ७ सय ४५ रुपैयाँले कारोबार भएको चाँदी आज बढेर प्रतितोला ७ सय ६० रुपैयाँमा बारोबार भइरहेको महासंघले जनाएको छ।