खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ , दोषी लाई कार्वाहीको माग



सैघाली खबर
बिजौरी साउन २३
बिजौरी उद्योग वाणिज्य संघले दिन दहाडै बजार क्षेत्रमै भएको खुकुरी प्रहारको घटनाप्रति गंभिर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार साझ ६ बजेतिर बिजौरी हाडिमे चोकनेर बिजौरी ८का वीरबहादुर वलीमाथि सोही वडाका धनबहादुर वलीले बाया हातमा खुकुरी प्रहार गरेका थिए । चाडपर्व नजिकिदै जादा बजार क्षेत्रभित्र अपराधिक घटनाले सुरक्षा संवेदनशीलता बढाएको बिज्ञप्तिमा जनाइएको छ ।उद्योग वाणिज्य संघका अध्यक्ष मुक्तबहादुर वली ,मुकेश , र महासचिव वीरेन्द्र खडकाद्वारी जारी विज्ञप्तिमा तत्काल दोषीलाई कार्वाही र बिजौरी बजार क्षेत्रभित्र सुरक्षा व्यवस्था कडा पार्न सुरक्षा निकायलाई आग्रह गरेका छन् । यसैविच दाङका निमित्त प्रहरी प्रमुखले उक्त घटनामा संलग्न धनबहादुर वलिलाई पक्राउ गरेको जानकारी दिनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्