जाडोमा खानुस् यी खानेकुरा



जाडोमा न्यानो महसुस हुने खाना खानुपर्छ । यतिबेला झोल कुराहरूजस्तै चिकेन सुप, मसरुम सुप, भिटामिन सीयुक्त खानेकुरा कागती, सुन्तला आदि फाइदाजनक साबित हुन्छन् । यसैगरी सुपमा वा तरकारीमा लसुन प्रयोग गर्दा पनि रुघाखोकी तथा ज्वरो आउने समस्याबाट जोगिन सकिन्छ ।

अमेरिकास्थित एक फर्मास्युटिकल्स एसोसियसनका अनुसार जाडो मौसममा एक गिलास पानीमा ज्वानो, अदुवा तथा दालचिनी हालेर पिए जाडोको फ्लुबाट जोगिन सकिन्छ ।

भिटामिन सीयुक्त खानेकुरा सुन्तला, कागती, पालुंगो तथा गोलभेंडाले रोगप्रतिरोधक क्षमता बलियो बनाउनुका साथै जाडोमा लाग्ने रुघाखोकी एवं ज्वरोसँग लड्न सहयोग मिल्छ ।

त्यसैगरी अण्डाको पहेंलो भागबाट प्रशस्त भिटामिन डी प्राप्त गर्न सकिन्छ । यसले जाडो मौसममा खोकी तथा छातीको इन्फेक्सनबाट जोगाउँछ ।

सामान्य मानिसका लागि

बिहान: एक गिलास अदुवा चिया वा ग्रिन टी, एउटा अण्डा ।

बिहानको खानामा १० बजेतिर भात, एक कचौरा दाल तथा गेडागुडीको रस, साग ९पालुंगो भए राम्रो०, ब्रोकाउली वा काउली खान सकिन्छ ।यसैगरी दिउँसो १ बजेतिर स्याउ, सुन्तला तथा डार्क चकलेट खाने ।

४ बजेतिर पाकेका गेडागुडी, मकै तथा एक गिलास दूध र चिउरा खान सकिन्छ । सम्भव भए हलुवा पनि उपयुक्त हुन्छ । बेलुकाको खानामा २ वटा रोटी एवं एक गिलास गेडागुडीका साथ मसरुम सुप वा चिकेन सुप समावेश गर्न सकिन्छ ।

राति दूधमा मह तथा बेसार मिसाएर पिउन सकिन्छ । यसले शरीरलाई न्यानो बनाउनुका साथै कफ निमोनियाँबाट जोगाउँछ भने राति मीठो निद्रा लाग्छ ।

यस्ता खानेकुराले जाडो मौसममा तातो महसुस गराउनुका साथै शरीरलाई आवश्यक पोषणसमेत प्रदान गर्छन् । यो सामान्य मानिसका लागि उपयुक्त डाइट हो । यद्यपि सबैले एउटै क्यालोरी प्रयोग गर्न भने मिल्दैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्